उदयपुर।राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुरले मेरा पिक हिमाल (६,४७६ मिटर) को सफल आरोहण गरेका साहसी पर्वतारोही चित्रकुमार कार्कीलाई गाईघाटमा आयोजित एक विशेष कार्यक्रममार्फत भव्य स्वागत तथा सम्मान गरेको छ।
गिनिज वर्ल्ड रेकर्डधारी कार्कीले पर्वतारोहणसँगै सामाजिक रचनात्मक अभियानहरूमा पनि उल्लेखनीय योगदान दिँदै आएका छन्। “पर्यटन विकास गरौं, शान्ति र संविधान जोगाऔं” जस्ता नारासहित युवाहरूको सकारात्मक अभियानमा उनले निरन्तर सक्रियता जनाउँदै आएका छन्। उनले नेपालभर उल्टो मोटरसाइकल यात्रा गरेर पनि चर्चा बटुलेका थिए भने राष्ट्रिय स्तरका साहसी युवा प्रतिभा पुरस्कारहरू समेत प्राप्त गरिसकेका छन्।
कार्यक्रममा रास्वपा प्रदेश प्रवक्ता, प्रदेश सदस्य, जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, पालिका समिति, वडा समिति लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा कार्कीलाई सम्मान गरेका थिए।
कार्यक्रममा बोल्दै कार्कीले भने, “मानिसको जीवनका सबै कुरा अस्थायी हुन्छन्, तर अस्थायी दुनियाँमा केही स्थायी कार्य गरेर समाजमा सकारात्मक सन्देश दिनु नै सच्चा सफलता हो।” उनले थपे, “पुरस्कार वा उपहार नै सबै कुरा होइन, तर यसले अझै सिर्जनशील काम गर्न ऊर्जा प्रदान गर्छ।”
उहाँले आफ्नो सफल हिमाल आरोहणका क्रममा राष्ट्रिय झण्डा र घण्टीको झण्डा समेत फहराएका थिए।
कार्यक्रम गाईघाटस्थित हिमालयन होटलको सभाहलमा सम्पन्न भएको थियो।
-आमा दर्शन न्यूज
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय