काठमाण्डौ, असोज ५ — आजदेखि नेपाल संवत् ११४६ औँ वर्षको शुभारम्भ भएको छ। यस अवसरमा देशभर विशेष कार्यक्रमहरू आयोजना गरी नयाँ वर्षको रूपमा नेपाल संवत् मनाइँदैछ।
नेपाल संवत् नेवार समुदायको मौलिक संवत् हो, जसलाई हर्षोल्लासपूर्वक नयाँ वर्षका रूपमा मनाउने परम्परा रहँदै आएको छ। राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ सालमा गरीब नागरिकहरूको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गर्नुभएको थियो।
यस संवत्को प्रारम्भले सामाजिक सेवा र जनकल्याणको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको भन्दै वि.सं. २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वालाई राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्नुभएको थियो।
नेपाल संवत् ११४६ को अवसरमा काठमाण्डौ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका क्षेत्रमा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना भइरहेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता