मन पर्ने कथा

मलाई जीवनमा अति नै मन पर्ने कथा : 

रत्नाकर एक क्रूर डाकू (लुटेरा) थिए । उनी जंगलमा बाटो काट्ने यात्रुहरूलाई लुट्थे र आफ्नो परिवारको पालनपोषण गर्थे । एक दिन देवर्षि नारद मुनिको उनीसँग भेट भयो । रत्नाकरले नारदलाई पनि लुट्न खोजे तर नारद डराएनन् ।

नारदले उनलाई भने " तिमीले जुन पाप गरिरहेका छौ, त्यसको हिस्सेदार कसलाई ठान्छौ ? 

रत्नाकार डाँकूले भने "मेरो पेशा हो । त्यसबाट प्राप्त प्रतिफल जो जसले खान्छ्न, तिनीहरू हुन्छन । मैले जे गर्दै केवल तिनीहरूकै लागि हो ।" 

नारदले " गलत भन्दै निर्णय सुनाए ।" 

दुईजना बीच अनेक वार्तालाप भए । अन्तत: रत्नाकरले घर गएर परिवारसँग सोधे तर कसैले पनि उनको पापको हिस्सेदार हुन चाहेनन् । सबैले भने कि "हाम्रो प्राणको रक्षा गर्ने जिम्मा तिम्रो हो । तिमी नै जानून कि सत्कर्म गरेर हाम्रो पोषण गर्छौ या कुकर्म गरेर, त्यो तिम्रो सद्बुद्धिको चिन्तन हो । मनुष्य हौ तिमी सद्गुण हुनुपर्छ । त्यो हामी जान्दछौं ।" भन्ने जवाफले मर्म "कर्मको निर्णय हुन्छ दोषी वा पुरस्कृत कर्ता स्वयम् हुन्छ" भन्ने नारदले रत्नाकर डाँकूलाई सुनाए पछि रुखमा बाँधेको ऋषिलाई मुक्त गरे । ऋषिले छल गरेर भाग्न लागेको हो कि भन्दै विश्वासको विचलनले रुखमा बाँधिएको थियो । आफ्नो गल्ती पहिचान गरि ऋषिको शरणमा परे । अनि वर्षौको जप गर्न थाले जसको कारण शरीर माटोको पहाड बने, वाल्मीकि भने । 

निष्कर्ष 

मनुष्यको गल्ती बुझाउने शक्ति भएन कुकर्म भई रहन्छ । त्यसमा दोष नसुन्नेको मात्र हुन्न । सुनाउन र बुझाउन नजान्नेको पनि हुन्छ । हाम्रो जीवनकालमा हामीले केवल त्यो जङ्गल नहिड्ने सोच मात्र बनायौं तर त्यो जङ्गलभित्रको अपराध कसरी अन्त्य गर्न सकिन्छ सोच्नै छोड्यौं जसको कारण मधुवनले सुगन्ध दिनै छोडे । कुहिएको फोहर जङ्गल भन्दै जडिबुटी भोगचलनबाट बञ्चित हुनुलाई जीवन मान्दै पीडा कष्ट भोग्नु नियति ठान्दै भौतारिदै रह्यौं । तर त्यसको उपाय कहिल्यै खोज्नमा जुटेनौं । तहगत परिक्षणमा जीवन जोड्नमै जीवन खर्च गर्दै गयौं । डाँकू बलियो हुँदै प्रलोभनको पासो थाप्दै हाम्रो शिकारलाई कहिले कुन, कहिले के भन्दै अस्तित्व पहिचान निस्तेज पारिरह्यो । तर हाम्रो चेतले नियत शुद्ध एवम् सुन्न सक्ने बनाउने कुरा कहिल्यै गरेनौं जसले गर्दा व्यवस्था मात्र फेर्यौं । पात्रको नियतमा प्रश्न गर्ने हिम्मत पलाएन जसको कारण सिकार हुँदै रह्यौं । अन्तत त्यो सिकार गर्ने कला गलत हुन् भन्दै रुखमा बाँधिन बाध्य भए सरह अन्धाधुन्ध प्रहार सहन पनि तयार हुँदै ऋषिले जङ्गलकै बाटो रोजे । गलतलाई गलत भन्दै परिवर्तन दिए । सुन्ने मात्र होइन सुनाउनु पनि पर्छ भन्ने ज्ञान नै आखिरमा विज्ञान बन्ने हो । जसको गल्ती सजाय त्यसैको भन्न सकिएको खण्डमा डाँकू पनि प्रथम आदिकबि बन्ने रहेछ । र हामीले स्पष्ट यति बुझ्नुपर्छ कि पात्र फेरिरहने विचारले व्यवस्थामा सुधार एवम् समृद्धि आउँदैन । समृद्धिको लागि व्यक्तिलाई परिक्षण गरिरहनु भन्दा त्यसकै सुधार गर्नसके मात्र अपराधलाई पुण्य बनाउन सकिन्छ । रत्नाकार डाँकू भन्दै त्यसलाई फेर्न खोजिएको अवस्थामा रामायणजस्तो ग्रन्थ हामीसँग हुनेछैन । राम नाम कसैले जप्ने थिएनन् । अत: गल्तीलाई प्रोत्साहन पात्र फेरेर गर्ने काम शुरुमा हामीबाट बन्द हुनुपर्छ । हामीले राम्ररी बुझ्नेगरी बुझाउन सके परिवर्तन समृद्धि हामीसामु नै आउने हो । हाम्रो समाजले नै पाउने हो । 

प्रतिक्रिया