केही प्रश्नहरू

केही प्रश्नहरू : 

हामीलाई काम चाहिएको हो कि काम गर्ने मान्छे ? हामीलाई परिणाम चाहिएको हो कि पार्टीको छाप ?

जापानको Hiroshima atomic bombing पछि त्यहाँका नागरिकले माटो बोकेर १० वर्षमा देश उठाए रे । विरोधविना नै राष्ट्रलाई समृद्ध बनाए । 

तर हामीले के बोकेर हिँडिरहेका छौँ : 

१. अफवाह ? शंका ? कि आ-आफ्नो दलको झोला ?

२. यहाँ २४ घण्टामा लाइसेन्स बन्छ भने, “खोस्टो” भनेर हेला गर्नै पर्ने ?

३. ढिलो हुँदा गाली, छिटो हुँदा पनि गाली आखिर हामीलाई चाहिएको के हो ?

४. घरघरमा पासपोर्ट पुग्छ भने, “विदेश पठाउन खोज्यो” भन्नै पर्ने ?

५. अनि वर्षौंदेखि लाइनमा बस्दा चाहिँ देशमै राख्न खोजेको हो त ?

६. प्रधानमन्त्रीले फोन उठाउने व्यवस्था गर्छु भने, त्यो पनि नाटक ?

अनि फोन नउठाउँदा “जनताबाट टाढा” भन्ने होइन र ?

७. हामीलाई राम्रो काम देख्दा खुशी हुन किन गाह्रो हुन्छ ? कि खुशी हुन पनि पार्टीको अनुमति चाहिन्छ ?

८. बालेन शाहले गर्छु भन्दा गलत लाग्छ किन ? 

९. अर्कोले गर्न नसक्नु  सही हो र ? 

१०. यो मापदण्ड हो कि अन्धोपन ?

११. हामी देश बनाउने कि बहस मात्रै जित्ने ?

१२. हामी नागरिक हो कि स्थायी विपक्ष ?

१३. जापानीले माटो थपे, हामी के थप्दैछौँ नकारात्मकता ? आरोप ? कि अहंकार ?

हुन त हामी नेपालीसँग ३ करोड प्रश्न छन । दुखेसो छन । त्यसको समाधानको लागि देश बनाउनको लागि हामी बदलिन तयार हुनुपर्छ । 

प्रतिक्रिया