I करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ। पाटन नगरपालिका- ६ डुङराकी ५७ वर्षीया जानकी लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ।
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार सोमबार अपराह्न साढे ४ बजेतिर घरमा ‘ग्याबिन’ तारमाथि लुगा सुकाउने क्रममा जानकीलाई करेन्ट लागेको हो।
करेन्ट लागेर गम्भीर घाइते भएकी जानकीको उपचारका लागि पाटन लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
करेन्ट लाग्दा छुटाउन गएका अन्य चारजना पनि करेन्ट लागेर घाइते भएका छन्। ३८ वर्षीया कलावती ओड, १२ वर्षीया पवित्रा ओड, १० वर्षीया भुवनेश्वरी ओड र २२ वर्षीया सीता लुहार घाइते भएका हुन्।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
१८ भदौ २०८१, मङ्गलबार ०८:०७ मा प्रकाशित