गुल्मी – इस्मा गाउँपालिका–२ टारमा जेसिबीले पल्टाएको ढुंगाले लागेर एक स्कुल जाने क्रममा आठ वर्षीया बालिका विष्णु कुमालको मृत्यु भएको छ। छल्दीबाट हस्तीचौर जाने भित्री कच्ची सडक निर्माणको क्रममा श्रेष्ठ कन्स्ट्रक्सनको जेसिबीले ढुंगा खसाल्दा बालिकालाई ठक्कर लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
दुर्घटनापछि जेसिबी चालक मकवानपुर इन्द्रचौर गाउँपालिका–४ सिस्नेरीका ३६ वर्षीय राजेश रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक बालिका पालुखा माध्यमिक विद्यालयमा अध्ययनरत थिइन्।
बालिकाको बुबा ज्ञानबहादुर कुमालले स्कुल समयमा पनि जेसिबी चलाइएको र छोरीको समयमा उद्धार नगरी लापरवाही गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। बालिकाको शव गुल्मी अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि स्थानीयबासीले सडक निर्माणको क्रममा सुरक्षाको उचित व्यवस्थापन गर्न जोडदार माग गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
Admin