कविता

इतिहासमा सराप्नु पनि हुन्न
इतिहासबाट श्रापित पनि बन्नुहुन्न । 

भोक लाग्छ 
भोजन ठूलो मान्नुहुन्न । 

जति पढ्यो त्यति नजान्ने शिक्षा हो
उड्न सकिन्छ 
उडेपछी भूई छोडेको अहम् गर्नुहुन्न ।

सड्न गल्न आकार पाउन चाहिने माटो नै हो
माटोकै अपमान सिमेन्टको आडमा गर्नुहुन्न 
आकाश हेरि थुक्नुहुन्न ।

हाँसखेल गर, आफैलाई कुटपिट गर
अन्ततः 
एकचिम्टी केही ढाँटेर लान सक्छु फुर्ति गर्नुहुन्न
 रचाना_प्रशान्त महासागर- किर्तिपुर

प्रतिक्रिया