मनसुनको प्रभाव: देशभरि वर्षा र बदलीको पूर्वानुमान

काठमाडौं - हाल देशभरि मनसुनी वायुको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ। यस कारणले देशभरि सामान्यतया बदली रहेको छ।


बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही भागमा र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस प्रदेशका केही स्थानहरू र अन्य प्रदेशका विभिन्न स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभरि सामान्यतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुन सक्ने चेतावनी महाशाखाले दिएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको छ।

 

प्रतिक्रिया