काठमाडौँ — अविरल वर्षा रोकिएसँगै विद्यालयमा आश्रय लिएका बाढी प्रभावितहरू क्रमिक रूपमा आफ्ना घर फर्किन थालेका छन्। काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएका विभिन्न विद्यालयहरूमा आश्रय लिएका अधिकांश परिवारहरू आज बिहानदेखि बासस्थानतर्फ फर्किँदै छन्।
महानगरपालिकाका अनुसार हाल विद्यालयहरूमा मुख्यतः बालबालिका र वृद्धवृद्धा मात्र बाँकी रहेका छन्। हिजो जोखिममा परेका परिवारहरूका लागि करिब ७० वटा सामुदायिक विद्यालयलाई तत्कालीन आश्रयस्थलको रूपमा प्रयोग गर्न व्यवस्था मिलाइएको थियो।
ती विद्यालयहरूमध्ये ४ वटा विद्यालयमा उच्च जोखिममा रहेका परिवारहरूलाई स्थानान्तरण गरी राखिएको थियो।
-
विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरमा ७० जना,
-
गुह्येश्वरी माध्यमिक विद्यालय, थापाथलीमा ५२ जना,
-
जन विकास माध्यमिक विद्यालय, कुलेश्वरमा ५२ परिवार (२५१ जना) रहेका थिए।
महानगरपालिकाले अहिले पनि बाढीले क्षति पुर्याएका क्षेत्रको मूल्याङ्कन कार्य जारी रहेको र आवश्यक सहयोगका लागि समन्वय भइरहेको जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता