पर्यटकको सेवामा खटिने पर्यटक प्रहरीलाई जोमसोममा जग्गा

जोमसोम— धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटक प्रहरीलाई भवन निर्माण प्रयोजनार्थ जग्गा सुनिश्चित गरिएको छ ।  २०८० भदौं ५ गते देखि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएको पर्यटक प्रहरी जोमसोम मुस्ताङले अन्नतः मुस्ताङको जोमसोममा १ रोपनी खाली जग्गा प्राप्त गर्ने बाटो सुनिश्चित भएको हो ।

मुस्ताङमा पर्यटकको सुरक्षा तथा सहयोगका लागि २०७० सालमा जोमसोममा स्थापना गरिएको थियो । यसका लागि केन्द्रिय पर्यटक प्रहरी कार्यालय भृकुटी मण्डपले प्रहरी नायव निरीक्षकको कमाण्डमा १० जनाको दरबन्दी फिक्स गरेको थियो । तर,पर्यटक प्रहरी मुस्ताङमा एकजना प्रहरी सहायक निरीक्षक (असई)को कमाण्डमा ८ जना पर्यटक प्रहरी कार्यरत छन् । 

हवाई तथा सडक संञ्जालले जोडिएपछि मुस्ताङमा पर्यटक प्रहरीको आवश्यक देखिएपछि यो संस्था स्थापना भएको बताईएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङ अन्तर्गत यहाँ कार्यरत पर्यटक प्रहरी ईकाईले पर्यटकको डे टु डे अभिलेखिकरणका साथ पर्यटकको पिर,मर्का र अप्ठ्यारो चुनौतीहरुको गाँठो फुकाउन निरन्तर लागि रहेको छ ।

मुस्ताङमा पर्यटक प्रहरीको आफ्नै कार्यालय भवन तथा आवास नभएकाले एक दशकदेखि पर्यटक प्रहरी ईकाई निजी व्यक्तिहरुको घर भाडामा लिएर आफ्नो काम कर्तव्य र दायित्व सम्हाल्दै आईरहेको छ । अहिले पनि पर्यटक प्रहरी ईकाई मुस्ताङले मासिक ३० हजार घरभाडासहित बिजुली,खानेपानी र ईन्टरनेटको व्यय खर्च व्यवहोर्दै आईरहेको छ ।बिना कुनै शुल्य पर्यटकको सेवामा रहेको पर्यटक प्रहरी ईकाई  संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत छ ।

मुस्ताङ पर्यटक प्रहरी ईकाईको निरन्तरको छोटो पहल र स्थानीय स्तरको पूर्ण साथ सहयोगलेनै मुस्ताङमा पर्यटक प्रहरी  ईकाईलाई करिव करिव जोमसोममा १ रोपनी जग्गा पाउँने पक्का भईसकेको  केन्द्रिय पर्यटक प्रहरी भृकुटीमण्डपका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र कुवरले टेलिफोन मार्फत ई मुस्ताङ न्युज डटकमलाई जानकारी दिए ।

 स्थानीय स्तरबाट प्रशासन,वडा,पालिका,मालपोत, नापी कार्यालयहरुको समन्वयमा जग्गा प्राप्ति प्रक्रिया अघि बढेको २ महिनापछि भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले मुस्ताङमा पर्यटक प्रहरीका लाथि १ रोपनी जग्गा दिने गरी सहमती पत्र जिल्ला स्थित संम्वन्धित कार्यालयलाई पठाएको बताईएको छ ।

मन्त्रालयको सहमती प्राप्तपछि भूमी संम्वन्धित कार्यालयले पर्यटक प्रहरीलाई उपलब्ध गराईने जगाको हकदावी रहेमा भौतिक तथा निवेदनसहित सम्पर्कमा आउन नापी कार्यालयले अनुरोध गरिएको छ ।यो प्रक्रिया टुङ्गिए लगत्तै पहिलो चरणमा मुस्ताङ पर्यटक प्रहरीले जग्गाको नापजाँच गरी निस्सा प्राप्त गर्नेछ ।

 जग्गा प्राप्तिका लागि नापजाच र श्रेस्ता कायमका लागि मालपोत कार्यालयको संयोजकत्वमा  प्रशासन,वडा प्रतिनिधि र नापी कार्यालयले संयुक्त बैठक समेत सम्पन्न गरेको छ ।

 मुस्ताङ पर्यटक प्रहरीलाई घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित जनहित स्कुल र जोमसोम बसपार्कको पूर्वतर्फको दक्षिण मोहडाको जोमसोम—कोरला मुख्य सडकको जग्गा उपलब्ध गराईन लागिएको हो ।पर्यटक प्रहरीलाई जग्गा सुनिश्चित भईसकेर लालपूर्जा आईसकेपछि पर्यटक प्रहरीको कार्यालय तथा आवास भवनको मार्ग खुल्ने जनाईएको छ ।


फोटो क्याप्सन ः 

मुस्ताङको जोमसोममा पर्यटक प्रहरीलाई संरचना निर्माण गर्न सिफारिस भएको जग्गा । तस्विर ःसुन्दरकुमार थकाली


प्रतिक्रिया