काठमाडाैं। प्रतिनिधि सभा सदस्य एकनाथ ढकाल सयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित “एचजे इन्टरनेशनल ग्रेजुएट स्कूल फर पिस एण्ड पब्लिक लिडरशिप” वाट स्नातकोत्तर उपाधिद्वारा बिभूषित भएका छन्।
न्यूयोर्कमा आयोजित ४८औं दीक्षान्त समारोहमा कलेजका अध्यक्ष डा. थोमस जेराल्ड वाल्सले सांसद ढकाललाई “मास्टर इन पिस स्टडीज” को प्रमाणपत्र प्रदान गरे। ढकालले प्रथम श्रेणीमा उत्तीर्ण गरेका हुन्।
सन् २०२१ मा कलेजमा भर्ना भएका सांसद ढकालले दूर शिक्षा अध्ययन गरेका हुन्। यस अध्ययनका लागि उनले २५ हजार डलरको छात्रवृत्ति पाएका थिए।
दीक्षान्त समारोहमा पूर्व अमेरिकी बिशेषदूत जोसेफ आर डेट्रानीलाइ मानार्थ बिद्याबारिधी प्रदान गरिएको थियो।
राजदूत डेट्रानी उत्तर कोरियासँग छ-पक्षीय वार्ताका लागि अमेरिकी विशेषदूत थिए। राजदूत देत्रानीले दुई दशकभन्दा बढी समय सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीमा वरिष्ठ गुप्तचर सेवाको सदस्यको रूपमा सेवा गरेका थिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता