लण्डन, २१असार । लेबर पार्टीका नेता कियर स्टारमर बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।
विहिबार सम्पन्न आम निर्वाचनमा शानदार जित हासिल गरेको लेबर पार्टीका नेता स्टारमरलाई राजा चार्ल्स तृतीयले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको बिबिसीले जनाएको छ ।
सम्पन्न आम निर्वाचनमा लेबर पार्टीले ६५० मध्ये ४१२ सिट जितेको छ । जुन २०१९ को भन्दा २११ सिटले बढी हो । त्यस्तै लज्जास्पद हार बेहोरेको ऋषि सुनक नेतृत्वको कन्जरभेटिभ पार्टीले १२१ सिटमा जित हासिल गरेको छ । जुन २०१९ को भन्दा २५० ले कम हो ।
यस अघि बकिंगघम प्यालेस पुगेर ऋषि सुनकले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । लज्जास्पद हारले गर्दा अब पार्टीको नेतृत्व पनि छोड्ने घोषणा गर्नुभएको छ ।
२२ असार २०८१, शुक्रबार १०:५६ मा प्रकाशित