काठमाडौं, असार ६ । कक्षा १२ को परीक्षामा किर्तिपुरस्थित शहीद स्मारक कलेजकी छात्रा अन्तरा चौधरी ले ३.९२ GPA हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेकी छन्।
उत्कृष्ट नतिजासँगै चौधरीले कलेजको शैक्षिक गौरवलाई थप उचाइमा पुर्याएकी छन्। उनको उपलब्धिले अन्य विद्यार्थीलाई पनि अध्ययनप्रति प्रेरित गर्ने विश्वास गरिएको छ।
किर्तिपुरको पहिलो सामुदायिक कलेजका रूपमा स्थापित शहीद स्मारक कलेज विगत तीन दशकभन्दा बढी समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको संस्था हो। कलेजले विद्यार्थीको शैक्षिक विकाससँगै नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र व्यक्तित्व विकासमा समेत विशेष जोड दिँदै आएको छ।
कलेज परिवारले अन्तरा चौधरीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ।
– आमा दर्शन न्यूज
६ असार २०८३, शनिवार १२:०० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता