जोमसोम—हिमाली जिल्ला मुस्ताङमा घरपालुवा तथा भुस्याहा (छाडा कुकुर)को बन्ध्याकरण गरिएको छ ।जिल्लाका ५ स्थानीय तह मध्ये मुस्ताङ सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा अवस्थित १६१ वटा घरपालुवा तथा छाडा भुस्याहा कुकुरहरुको बन्ध्याकरण गरिएको हो ।
जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङको आयोजना मुस्ताङमा पहिलो पटक घरपालुवा तथा छाडा भुस्याहा कुकुरहरुको नियन्त्रणका लागि ३ दिने कुकुर बन्ध्याकरण शिविर संञ्चालन गरिएको थियो । कुुकुर बन्ध्याकरण शिविरलाई सम्वन्धित गाउँपालिकाहरुले सहकार्य गरेका थिए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङको आयोजनामा भएको कुकुर बन्ध्याकरण शिविर तथा कुकुरहरुको टोकाईबाट लाग्ने रबिज रोगबाट नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले गरिएको कार्यक्रममा केन्द्रिय रेफरल पशु चिकित्सालय काठमान्डौं र भ्याली एनिमल क्लिनिक काठमान्डौंले प्राविधिक सहयोग गरेका थिए । प्राविधिक सहयोगमा करिव १० जनाको पशु विशेषज्ञ टोलीले मुस्ताङमा छाडा भुस्याहा कुकुर तथा घरपालुवा कुकुरहरुलाई बन्ध्याकरण गरिनुका साथै रेजिज भ्याक्सिन लगाएका े भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका सूचना अधिकारी लालमणी अर्यालले जानकारी दिए ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको ५ वटै वडामा छरिएर रहेका १३८ वटा छाडा भुस्याहा कुकुर तथा घरपालुवा कुकुरहरुलाई नियन्त्रण गर्न बन्ध्याकरण गरिएको हो । बन्ध्याकरण गर्ने क्रममा कुकुरलाई रेबिज भ्याक्सिनमा पनि लगाईएको हो । जसमध्ये भाले कुकुर ६८ र पोथी कुकुर ७८ वटालाई बन्ध्याकरणसहित रेबिज भ्याक्सिन लगाइएको हो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङमा २३ वटा भुस्याहा तथा घरपालुवा कुकुरलाई बन्ध्याकरण गरिनुका साथै रेबिज भ्याक्सिन लगाईएको कार्यालयका सूचना अधिकारी अर्यालले जनाए ।
मुस्ताङमा अनाधिकृत रुपमा हिडडुल गर्ने भुस्याहा कुकुर तथा घरपालुवा कुकुरहरुको नियन्त्रण तथा व्यवस्थापन गर्न जिल्लामै पहिलो पटक कुकुर बन्ध्याकरण शिविर आयोजना गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका सूचना अधिकारी पशु चिकित्सक अर्यालले जानकारी दिए ।
कुकुर नियन्त्रणका लागि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको २ लाख र बाँकी खर्च घरपझोङ गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले व्यवहोर्ने गरी शिविर संञ्चालन गरिएको थियो । घरपझोङ गाउँपालिकाका पशु चिकित्सक आइेतेलाल थकालीले भुस्याहा कुकुर नियन्त्रण तथा व्यवस्थापनका साथै कुकुरको टोकाईबाट हुँने स्वास्थ्य क्षति न्यूनिकरण गर्न यसप्रकारको शिविरले ठुलो योगदान पू¥याउने दावी गरे । भुस्याहा कुकुरहरुको जत्थाले जोमसोम विमानस्थलमा हवाई उडान तथा अवतरणमा जोखिम निम्त्याएको र कुकुरहरुकै कारण सार्वजनिक स्थानमा मानिसहरु हिडडुल गर्न समस्या परेकाले कुकुर नियन्त्रण तथा व्यवस्थापन गर्न आवश्यक रहेको घरपझोङ गाउँपालिकाका पशु चिकित्सक थकालीले बताए ।
मुस्ताङमा भुस्याहा कुकुरहरुको आतंकले सर्वसाधारण नागरिकलाई निकै दुख दिने गरेको छ । उपल्लो मुस्ताङको लोमान्थाङमा झनै कुकुरलाई स्थानीय कृषकहरुलाई सास्तीनै दिने गरेको छ । कुकुरहरुको जत्थाले अनाधिकृत रुपमा हिडडुल गरेर कृषकले लगाएको बालीनाली मा समेत क्षति पू¥याउने गरेको छ । कुकुरहरुले बाटोमा हिडिरहेका व्यक्तिलाई जथाभावी आक्रमण गरी घाईते तुल्याउने गरेको थियो । मुस्ताङमा सम्पन्न ३ दिने शिविरले कुकुर नियन्त्रण तथा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले उपल्लो मुस्ताङमा हिउँदयामको जाडो र हिमपातको संम्भावना भएकाले शिविर संञ्चालन गर्न अप्ठ्यारो परेको बताएको छ । अनुकुल समयमा उपल्लो मुस्ताङमा पनि चाँडै भुस्याहा कुकुर नियन्त्रण तथा रेविज भ्याक्सिनको शिविर संञ्चालन गर्ने योजना रहेको बताएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार