बेबी राजभण्डारी(अभियन्ता) : एक पारिचय


राजनीति सेवा, समर्पण र रूपान्तरणको यात्रा बुझ्नुहुने एक आम नारी, उमेरले ४१ वसन्त पार गरिसकेकी, शिक्षाले स्नातकोत्तरबाट आफुलाई सुसज्जित पारेकी एक नाम बेबी राजभण्डारी हुन् । व्यवसायले आत्मनिर्भर, मातृत्वले पूर्ण र सेवाले समाज समर्पित एक नाम बेबी राजभण्डारी हुन् । जीवनले थुप्रै मोडहरु खानतलास गरेपनि परिवार, पेशा, राजनीति अनि समाजसेवाको अनगिन्ती पाटाहरुमा रमाउनु उहाँको अर्थ हुनुसँग आवद्ध छ । उहाँको यात्रामा पदभन्दा बढी पीडा थियो, संघर्षभन्दा बढी सपना थियो । ती सपनाहरु अनि संघर्षहरुका साक्षी सारथीको रुपमा जीवनमा दाजु बिनोदमान राजभण्डारी र भाइ विवेक राजभण्डारी समर्थन पाउनु ती पीडा बिसाउने काँध हुन् मान्नुहुन्छ । उहाँकी दाजु शिक्षामा आवद्ध हुनुहुन्छ भने भाइ बिबेक राजभण्डारी Japan मा automobile engineer हुनुहुन्छ । त्यस्तै सुखदुःखका आत्मिय संगीनी दिदी बन्दना राजभण्डारी र बहिनी बिना राजभण्डारीको साथहरुलाई भगवानको देन मान्नुहुन्छ । बहिनी नर्सिङ पेशामा UK मा बसोबास गर्नुहुन्छ भने दिदी व्यवसायी तथा सामाजिक राजनैतिक क्षेत्रमा यहि सक्रिय हुनुहुन्छ । 

आमा कमला राजभण्डारी ज्युको कोखबाट, बुवा स्वर्गीय बुध्दिमान राजभण्डारी ज्युको आँगनमा आफु तेस्रो फूलको रुपमा फक्रीन पाउनु जीवनकै अनुपम उपहार मान्नुहुन्छ । आफुसँग जीवनको गहन अनुरुप छोरीहरु दिब्यानि र बेदिका अनि छोरा अविरल हुनु मन्दिरकै प्रसाद मान्नुहुन्छ भने समाजमा सदा उन्नत बीउ बनी बिजारोपण हुन सकोस् कामना सहित आफू लागि परेको यथार्थता सार्वजनिक गर्नु भएको छ ।


गोदावरी खोलाको किनारमा उहाँको यसरी स्वर गुञ्जाएको सुन्न सकिन्छ कि “यी धाराहरु सफा भए, हाम्रो भविष्य पनि सफा हुन्छ ।" त्यही कारण, सरसफाई अभियानका एक अभियान्ता बनिन् । न कुनै तलब, न कुनै स्वार्थ कहिले समाजको अध्यक्ष भएर, कहिले होमस्टेकी संरक्षक भएर, कहिले महिलाको मानवअधिकारको आवाज बनेर, कहिले पत्रकारिता मार्फत सत्यको कलम बनेर जुझारु हुनुहुन्छ । 


राजनीति उहाँका लागि नारा होईन्, सेवा ठान्नुहुन्छ । उहाँले कहिल्यै कुर्सीको लिप्सा गरेनन्, बरु कुर्सीमा बसेका मानिसलाई जनताको पीडा सुनाउने पुलको रुपमा सदा तत्पर हुनुहुन्छ । राजनीतिलाई शक्तिको सदुपयोग मान्नुहुन्छ । समानताको निम्ति, बेदनामा मलहम लगाउने हातको निम्ति र नीतिको छायाँमा आशाको रेखा देखाउने दृष्टिकोणको निम्ति राजनीति गर्नुपर्छ समाजलाई सुनाउनुहुन्छ । 


एक असल नागरिक, एक समर्पित सामाजिक अभियन्ता र एक जागरुक महिला नेतृ बन्न साहस र सद्भाव चाहिन्छ । समाजसेवाको यात्रामा उहाँको सोच "राजनीति कुर्सीको लागि होईन्, कुर्सी जनताको सेवक बन्नका लागि हो । कसैको चुल्हो निभ्न नदिने, कसैको आवाज दबिन नदिने, कसैको सपना अधुरो नछोड्ने  यही हो मेरो राजनीति।"


महिला अधिकार, बालबालिका र  वातावरणको क्षेत्रमा काम गर्ने र आर्थिक, सामाजिक, राजनैतिक सशक्तिकरणमा अग्रसर गराउन सचेतना अभियान सञ्चालन गर्दै आएको तथ्यतालाई लक्ष्य तथा उद्देश्य मान्दै अग्रसर हुनुहुन्छ । 


अन्त्यमा, जीवनले जति परीक्षा लियो, उहाँले त्योभन्दा दोब्बर समर्पण दिएर उत्तर दिइन् । आज पनि उहाँ सशक्त छिन् । व्यवसायमा, समाजसेवामा, राजनीतिमा र त्यो “मातृरुपी नेतृत्व” मा जसले सधैं अरूको खुसीमा आफ्नो अस्तित्व खोजेकी छिन् । राजनीति उहाँको लागि पद होईन्, प्रतिबद्धता हो । आडम्बर होईन्, आस्था हो । शक्ति होईन्, सेवा हो । आदि आदि अन्य अन्य सामाजिक सोचले एक जिवन्त आत्माको रुपमा समाजमा स्थपित गराएको छ । यो चेतना र सोचलाई राज्यले आफ्नो सम्पत्ति बनाउन सक्नुपर्छ । देश रुपान्तरण र समृद्धि यस्तै यस्तै विचारले सम्भव छ । 

उहाँ आबद्ध संघ संस्था :

१) गोदावरी खोला सरसफाई अभियान संयोजक तथा मुख्य अभियान्ता । 

२) गोदावरी सरोकार सस्थाको संस्थापक अध्यक्ष ।

३) गोदावरी महिला सामुदायिक होमस्टे को ‌‌संरक्षक । 

४) पर्यटन सहकारी केन्द्रीय संघ नेपालको सन्चालक सदस्य । 

५)  ठैव मस्तिष्क पक्षघात समाजको संरक्षक ।

६) महिला मानवअधिकार रक्षक सन्जाल  ललितपुर जिल्लाको सचिव 

७)  आधारभूमि अनलाईन खबरको CEO

८)  राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय सदस्य, राजनैतिक केन्द्रीय सदस्य तथा अनुसासन समिति सदस्य र राष्ट्रिय महिला मन्च को संयोजक/अध्यक्ष  तथा ललितपुर जिल्लाको इन्चार्ज 

९) अन्य बिभिन्न संघ संस्थामा सल्लाहकार तथा सदस्यको रूपमा कार्यरत ।


उहाँले आफ्नो जीवनको प्रेरणादायी व्यक्तित्व रुपमा डा. रेणु अधिकारी ज्युलाई मान्दै आउनुभएको छ ।  कसैको सम्मान र सम्झनामा, कसैको प्रेरणामा जीवन निर्वाह गर्नु नै अब सफलताको शिखर नजिकै छ बुझ्नु हो । आफुलाई नम्र र अबोध झै मान्नु उहाँको नामकै प्रभाव हो । प्रेम करुणा व्यवहारमा हुनु उहाँको महानता हो । यी यस्तै महानताले समाज, राष्ट्र सहजै सुधार्न सकिन्छ । सोच र संलग्नता एवम् कार्यक्षमताले उहाँलाई गोदावरी कुण्ड देवी उपाधीले सम्मान गर्नुपर्छ जस्तो लाग्छ ।

प्रतिक्रिया