राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराए।
३० फाल्गुण २०८०, बुधबार ०७:५६ मा प्रकाशित
Admin
बुधबार राष्ट्रपति पौडेलले मधेस प्रदेशमा सुमित्रा सुवेदी भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजिर मिँयालाई प्रदेश प्रमुखमा शपथ गराएको राष्ट्रपति कार्यालय प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन्।