काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकै बेला प्रधानमन्त्री बालेन शाह संसद् भवनबाट बाहिरिएका छन् ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका समयमा प्रधानमन्त्री शाह बैठक नसकिँदै संसद् हलबाट बाहिरिएको बताइएको छ ।
प्रधानमन्त्री शाह किन बाहिरिए भन्ने विषयमा भने हालसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन । उनको अचानक बाहिरिनुलाई लिएर संसद् परिसरमा विभिन्न अड्कलबाजीसमेत सुरु भएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठकबाट बाहिरिनुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।
२८ बैशाख २०८३, सोमबार ०५:३१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज डेस्क