ताप्लेजुङ — पवित्र धार्मिकस्थल मुक्कुमलुङ (पाथिभरा) क्षेत्र अहिले द्वन्द्व र असन्तुष्टिको भूमिमा परिणत भएको छ। लामो समयदेखि केवलकार निर्माणको विषयलाई लिएर स्थानीय समुदाय र राज्यपक्षबीच तनाव जारी छ।
स्थानीय समुदायले धार्मिक र सांस्कृतिक भावनाको संरक्षणका लागि केवलकार निर्माणको विरोध गरिरहेका छन्। तर, विकासको नाममा राज्य र निजी क्षेत्रले स्थानीयहरूको भावनालाई बेवास्ता गर्दै विरोधका स्वरलाई दबाउन हिंसात्मक कदम चालेका छन्। राज्यको गोली प्रहार र आतङ्ककारी रवैयाले संकटलाई झनै गहिरो बनाएको छ।
प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीले यस अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै बन्दुकको नालबाट समाधान खोज्न गलत भएको बताए। "विकास भनेको विनाश होइन। शान्ति र सहकार्यबाट मात्रै समस्याको समाधान सम्भव छ," उनले भने।
चौधरीले सरकारसँग तत्काल वार्ता र छलफलको पहल गर्न आग्रह गर्दै घाइतेहरूको शीघ्र उपचारको व्यवस्था गर्न र राज्यले आफ्नो भूमिका सच्याउनुपर्ने माग गरेका छन्। उनले शान्ति पुनःस्थापना र दिगो समाधानका लागि सरकारलाई जिम्मेवार बन्न आह्वान गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता