वासिङ्टन डिसी, फागुन १७, २०८१ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा शुक्रबार भएको भेटवार्ता चर्काचर्कीमा परिणत भएको छ। यसले गर्दा दुई देशबीचको महत्त्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर प्रक्रिया स्थगित भएको छ।
वार्ताको क्रममा उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीमाथि संयुक्त राज्य अमेरिकाको अपमान गरेको आरोप लगाए। ट्रम्पले पनि युक्रेनी राष्ट्रपतिलाई तेस्रो विश्वयुद्ध सुरु गर्ने प्रयास गरेको भन्दै थर्काए। यसपछि जेलेन्स्की रिसाएर ह्वाइट हाउसबाट बाहिरिएका थिए।
युक्रेन र अमेरिकाबीच पुनर्निर्माण लगानी कोष स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गर्ने योजना थियो। युक्रेनले अमेरिकालाई दुर्लभ खनिज सामग्री आपूर्ति गर्ने र अमेरिकाले युक्रेनको पुनर्निर्माणमा मद्दत गर्ने सहमति भएको थियो। तर, वार्तामा उत्पन्न तनावका कारण यो सम्झौता स्थगित भएको छ।
वार्तापछि जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा अमेरिकालाई धन्यवाद दिँदै आफ्नो निराशा व्यक्त गरे। युरोपेली नेताहरूले तुरुन्तै प्रतिक्रिया जनाउँदै युक्रेन र जेलेन्स्कीको समर्थन गरेका छन्। फ्रान्स, जर्मनी, पोल्याण्ड, स्पेन, डेनमार्क, नेदरल्याण्ड्स, पोर्चुगल, चेक रिपब्लिक, नर्वे, फिनल्याण्ड, क्रोएशिया, इस्टोनिया, लातभिया, स्लोभेनिया, बेल्जियम, लिथुवानिया, लग्जेम्बर्ग, र आयरल्याण्डले सामाजिक सञ्जालमा जेलेन्स्कीप्रति आफ्नो समर्थन व्यक्त गरेका छन्।
यस घटनाले अमेरिका र युक्रेनबीचको सम्बन्धमा थप तनाव उत्पन्न भएको छ। आगामी दिनहरूमा दुई देशबीचको कूटनीतिक सम्बन्ध कसरी अघि बढ्छ भन्ने विषयमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता