एकता आइडल २०८२: भव्य ग्राण्ड फिनाले सम्पन्न, गायनमा सुगम लोहार र नृत्यमा दीक्षा मगर विजयी

काठमाडौं – एकता एकेडेमीद्वारा आयोजित एकता आइडल २०८२ को ग्राण्ड फिनाले आइतबार राजधानीमा भव्यरूपमा सम्पन्न भएको छ। प्रतियोगितामा विद्यार्थीहरूको प्रेरणादायी प्रस्तुति र अभिभावकहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई ऐतिहासिक बनाएको आयोजकले जनाएको छ।


गायनतर्फ शीर्ष १० प्रतिस्पर्धीले र नृत्यतर्फ शीर्ष १६ प्रतिस्पर्धीले अन्तिम चरणमा आफ्नो प्रस्तुति दिएका थिए।




गायन प्रतियोगितामा कक्षा ६ का सुगम लोहार विजेता घोषित भए भने कक्षा १० की सुबिग्या श्रेष्ठ पहिलो उपविजेता र कक्षा ३ का कामचान श्रेष्ठ दोस्रो उपविजेता बने।


नृत्यतर्फ भने कक्षा ६ की दीक्षा मगर विजेता बनेकी छन्। त्यस्तै, कक्षा १० की सञ्जिला बज्राचार्य पहिलो उपविजेता र कक्षा ३ की प्रिन्सिका शाही दोस्रो उपविजेता घोषित भए।


निर्णायक र प्रमुख अतिथिहरू


कार्यक्रममा नृत्य प्रशिक्षक गंगा महर्जन र संगीत शिक्षक बलकुमार राई निर्णायकको भूमिकामा थिए।

समारोहको अध्यक्षता एकता एकेडेमीका अध्यक्ष प्रकाश बाबु थापा ले गरेका थिए।




विशेष धन्यवाद एकता एकेडेमीकी प्रिन्सिपल इन्दिरा शर्मा, संयोजक, एकता क्लबका अध्यक्ष तथा सम्पूर्ण समिति, साथै अभिभावक, शिक्षक र विद्यार्थीहरूलाई दिइएको थियो। आयोजकका अनुसार उनीहरूको अथक परिश्रम र समर्पणकै कारण यो कार्यक्रम सफल बनेको हो।


एकता एकेडेमीले यस उपलब्धिलाई “विद्यार्थी, अभिभावक र संस्थाको साझा गर्व”का रूपमा व्याख्या गरेको छ।

प्रतिक्रिया