बैतडीः भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ

बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेही, बैतडीबाट खटिएको प्रहरी टोलीले बैतडीको दोगडाकेदार गाउँपालिका–८, चौरथली कालागाउँ बस्ने ५१ वर्षीय पाल बिष्टको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा प्रहरीले भरुवा बन्दुकको नाल १, बन्दुकमा लाग्ने ७ राउण्ड गोली, २ थान घोरलको छाला र १ थान रतुवाको छाला फेला पारेका छन्। प्रहरीले बिष्टलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया