बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ असोज ३ देखि ८ गतेसम्म

काठमाडौं । बजाजले असोज ३ गतेदेखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गर्ने भएको छ । मेलामा जुनसुकै कम्पनीका पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ बजाज बाइक खरिद गर्न सकिनेछ ।

कम्पनीका अनुसार मेलामा २२ भन्दा बढी भ्यालुएटरमार्फत पुरानो सवारीको उच्चतम मूल्याङ्कन हुने छ । साथै, अतिरिक्त १० हजार रुपैयाँसम्मको नगद छुट, निःशुल्क एक्सेसरीज र अन–द–स्पट फाइनान्स सुविधा पनि उपलब्ध गराइनेछ ।

ग्राहकलाई थप आकर्षित गर्न दैनिक लक्की ड्रमार्फत ५० हजार रुपैयाँसम्म जित्ने अवसर राखिएको छ । त्यस्तै, ‘चेतक एक्सपिरियन्स जोन’ मार्फत बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन सकिने कम्पनीले जनाएको छ ।

नागरिकताको आधारमै फाइनान्स गर्न सकिने भएकाले शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा नयाँ बाइक लिन सकिनेछ ।

यसअघि दशैं–तिहारलाई लक्षित गर्दै बजाजले ‘बजाज प्रिमियर लिग (बिपिएल)’ सार्वजनिक गरिसकेको छ । उक्त योजनाअनुसार सातै प्रदेशबाट हरेक हप्तामा रु. ५० हजार नगद, ‘प्लेयर अफ द वीक’ बन्ने ग्राहकलाई १ लाख नगद तथा चर्चित क्रिकेटरहरूसँग भेट्ने अवसरसमेत पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया