महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको एफपीओ बाँडफाँड

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आज पुस १९ गते शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो।

क्यापिटलका अनुसार यस एफपीओमा कुल १६ लाख ९२ हजार १ सय ६ जनाले आवेदन दिएका थिए । जस मध्ये १६ लाख ८७ हजार ७ सय ७४ जना आवेदकको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ।

माग गरिएको भन्दा बढीको आवेदन परेपछि योग्य रहेका १६ लाख ८७ हजार ७ सय ७४ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस अनुसार ४७ हजार ५ सय ४४ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने एक जनाले १०.१५ कित्ता शेयर पाएका छन् । बाँकिले भने १० कित्ताको दरले शेयर पाएका छन् ।

एफपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ । कम्पनीले पुस ५ देखि पुस ९ गतेसम्म एफपीओ निष्काशन गरेको थियो ।  लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४ सय ४९ कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले रु.१०० रुपैयाँको अंकित मूल्य मै शेयर निष्काशन गरेको थियो । 

प्रतिक्रिया