वादविवाद :
कीर्तिपुर नगरपालिका वडा नं. १० मा सूचना तथा पर्यटकिय भवन छेक्यो भन्दै त्यहाँको सार्वजनिक शौचालय भत्काएर टियुभित्र स्मार्ट शौचालय निर्माण गर्न ९ आना जग्गामा २८ लाखको बजेट विनियोजन गरिइयो जुन सानो भयो भन्दै पुन: त्यति नै बजेट विनियोजन गरि किस्ताबन्दीमा दुइटा स्मार्ट शौचालय बनाइयो जुन गोठ जत्तिको पनि कुनै smartness छैन । यसमा पनि कमिसन =काम भन्ने सिद्धान्त मात्र लागू गरिएको छ । तर नगरले आफ्नो लागि भवन बनाउन जग्गा लिनुपर्छ कहिल्यै सोचिएन भने लिनुहुन्न सिकाउन पुन: विद्वानहरुकै बस्तिले पोखरीमै आफ्नो सहअस्तित्वको झण्डा फहराए । प्राय: सबै कीर्तिपुरका विद्वानहरुले सामुदायिक कार्य हो राम्रो भन्नुपर्छ भनेर स्विकारे तर म भने पर्यावरण मासेर वातावरण स्वच्छ हुन्न भन्नेमै अड्कें तर शिक्षाको लागि भन्दै सामुदायिक भन्दै भाडामा दिन महल खडा गरेको हो भन्ने सत्य होला भनी व्यवस्थापन खर्च जुटाउन आँगनलाई भाडामा दिएको विद्वानहरु भुनभुनाउन थाले । त्यस्तै सरसफाइ र व्यवस्थापन भन्दै स्मार्ट शौचालय सञ्चालन हुँदै गए । तर मलाई त्यहाँ मुत्रत्याग गरे बापत १० रुपैयाँ तिर्नुपर्छ थाहा थिएन । मिति २०८२ मंसिर २३ गते रोक्नै नसकेर स्मार्ट शौचालयतिर प्रक्षेपणको लागि लागें । गनठन चलिरहेको रहेछ । भूईमा रहेको १० को नोट टिपेर सफाइ कर्मचारीलाई दिएँ । उहाँ ठूल्ठूलो स्वरमा व्यस्त हुनुहुन्छ । भूइमा फालिएको पैसा दिएर भित्र गएँ । स्मार्ट नाम मात्र रहेछ । जे भए पनि नगरले बनाएको भन्दै बिसर्जन गरि बाहिरिएँ । गनठन सकेको रहेनछ । त्यतिबेलासम्म पनि घटना के रहेछ मलाई वास्तै छैन । ५ रुपैयाँ दिएर हिड्न खोज्दा ओहो दाइ १० रुपैयाँ हो १० रुपैयाँ भन्न थाले । मैले ५ रुपैयाँ थपेर हिड्नै लागेको बेला सफाइ कर्मचारीले यहाँ कुरा गर्नुस् भन्दै आफ्नो विवादित व्यक्तिलाई दिए भने विवादित मान्छेले पनि यहाँ कुरा गर्नुस् भन्दै आफ्नो फोन दिए । सफाइ कर्मचारीको मोबाइल husband लेखिएको देखें भने विवादित मान्छेले पुलिससँग बोल्नु भनेर दिए । त्यसपछि मैले के भएको भनेर विवादित मान्छेलाई सोधें : मुत्र त्याग गरेर हात पखालेर म बाहिर आएको हात धोएको पनि पैसा चाहिन्छ भन्यो जबकी मैले हात धोएकै छैन । तर सफाइ कर्मचारी भने निरन्तर हात धोएको पैसा लाग्छ भन्दै चिच्याइ धम्की दिने होइन भने फोन फेरि साटासाट गरे । अनि विवादित मान्छेले सूचना राख्नुस् भन्दाखेरी नगरपालिकाले राख्न दिएन भन्दै फेरि हातमुख धोएको पैसा लाग्छ भन्दै आफ्नै पाराले कराइ रहे ।
हामीले हाम्रो सोच नै रुपान्तरित गर्न सक्दैन भने स्मार्टको अर्थ रहनेछैन् । व्यवस्थापन पक्षमा देखिएको समस्यालाई नगरले हगेपछी मुत्रत्याग free भनिएकोजस्तो वा बाउले पकाए पनि आमाले पकाएको पनि भान्छा कर त तिर्नै पर्छ भन्ने सौतेनी कुरा गरेर नटार्न अनुरोध छ । विवाद नआउने गरि नगरले आफ्नो योजना कार्यन्वयन गर्नुपर्छ भन्ने मेरो विचार रहेको छ । अर्को सार्वजनिक भन्दै गर्दा प्राइभेट कम्पनीजस्तै कीर्तिपुरको स्मार्ट शौचालय बन्न पुगेकोमा दु:खदायी कुरा हो भने हात धोएको पैसा लिन लोग्नेसँग कुरा गराउन खोज्नु र मुत्रत्याग गरे बापत न्याय माग्न पुलिस कहाँ पुग्नुपर्छ भने सुशासन कुरा कल्पना नगर्दा पनि हुन्छ । साथै व्यायामशाला कहिले सञ्चालनमा आउने हो ? यसमा पनि कति शुल्क लाग्ने हो ? चौरमा बस्न मिल्ने वा नमिल्ने ?
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर