रुख ढाल्ने क्रममा सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुलि-कमलामाई नगरपालिका–५ सिलामे घर भएका ३२ वर्षीय लोक नारायण श्रेष्ठको रुखको हागाँले लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको हो ।

श्रेष्ठको घाघरठाकुर सामुदायिक वन समितिको ठेक्का लागेको चिलाउनेको रुख ढाल्ने क्रममा रुखको हागाँ उछीट्टिएर टाउकोमा लाग्दा  घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी  सिन्धुलिले हाम्रो आमा दर्शन न्युज को जिल्ला सम्बादाता गङ्गा बिसुन्केलाई जानकारी  दिएको हो।

श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको खवर प्राप्त हुन साथ प्रहरी चौकी डाडिँगुरासेबाट प्रहरी टोलि खटि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया