जेन–जी आन्दोलन प्रकरण: कार्की आयोगद्वारा पूर्वप्रधानमन्त्री ओलीसहित शीर्ष अधिकारीलाई कारवाही सिफारिस

आमादर्शन न्यूज




काठमाडौं — भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले तत्कालीन उच्च सरकारी अधिकारीहरूमाथि कडा कारवाही सिफारिस गरेको छ।


आयोगले आफ्नो ९०७ पृष्ठ लामो विस्तृत प्रतिवेदन सरकारलाई बुझाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ लगायतलाई ३ देखि १० वर्षसम्मको कारवाही सिफारिस गरेको हो।


प्रतिवेदनमा आन्दोलनका क्रममा भएका घटनाक्रम, सुरक्षा निकायको भूमिका तथा निर्णय प्रक्रियामा देखिएका कमजोरीहरूबारे विस्तृत विश्लेषण गरिएको जनाइएको छ। आयोगले जिम्मेवार पदमा रहेका व्यक्तिहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै कानूनी दायरामा ल्याउन सिफारिस गरेको छ।


यद्यपि प्रतिवेदन बुझाइसकेपछि पनि यसको सार्वजनिकरण तथा कार्यान्वयनका विषयमा सरकार स्पष्ट निर्णयमा पुग्न सकेको थिएन। यसैबीच मंगलबार उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो।


अब प्रतिवेदन कार्यान्वयन गर्ने वा नगर्ने भन्ने विषयमा सरकारको आगामी कदमलाई लिएर राजनीतिक तथा सार्वजनिक चासो बढेको छ।

प्रतिक्रिया