बाल यौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन उच्च अदालतबाट सफाइ


काठमाडौँ, वैशाख उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग सम्बन्धी मुद्दामा अभियुक्त रामबहादुर बम्जनलाई सफाइ दिएको छ। न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले बम्जनलाई बलात्कार अभियोगमा प्रमाण अपर्याप्त देखिएको भन्दै मुद्दा खारेज गरेको हो।


अदालतका उप-रजिष्ट्रार सुशील यादवका अनुसार, यसअघि जिल्ला अदालत सर्लाहीले २०७९ असार १७ गते बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। तर, उच्च अदालतले त्यस निर्णय उल्ट्याउँदै बम्जनलाई पूर्ण रूपमा सफाइ दिएको हो।


सर्लाही जिल्लाकै मुद्दामा बम्जनसँगै रहेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जन पनि उच्च अदालतबाट सफाइ पाएका छन्। उनीहरूले यसअघि नै जिल्ला अदालतबाट सफाइ पाइसकेका थिए।


बमजनको स्थायी ठेगाना निजगढ नगरपालिका–१२, बारा हो। वास्तविक नाम रामलाल बम्जन रहेका उनी ३० वर्षीय हुन्। २०८० पुस २५ गते केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले उनलाई हात्तीगौंडा, काठमाडौँस्थित घरबाट पक्राउ गरेको थियो।


यसअघि सिन्धुपाल्चोक अदालतले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिए पनि बमजन कारागारमै रहेका थिए। सिन्धुपाल्चोकमा दर्ता भएको मुद्दाको प्रारम्भिक सुनुवाइ सम्पन्न भइसकेको छ।


Aama Darshan News

सत्य सूचना, निष्पक्ष दृष्टिकोण।

प्रतिक्रिया