काठमाडौं । Himalayan Power Partner Limited ले सर्वसाधारणका लागि अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा ल्याएको छ।
कम्पनीले वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयर बाँडफाँडपछि बाँकी रहेको ४ लाख ६८ हजार ७४० कित्ता सेयर लिलाममार्फत बिक्री गर्न लागेको जनाएको छ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लिलाममा व्यक्ति, संस्था तथा कम्पनी सबैले आवेदन दिन सक्नेछन्। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि आवेदन दिन सकिनेछ भने अधिकतम १० अंकले निःशेष भाग जाने वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
लिलाम बिक्रीका लागि बोलपत्र जेठ २७ गतेदेखि खुल्नेछ। इच्छुक लगानीकर्ताले असार ४ गतेभित्र आवेदन बुझाइसक्नुपर्नेछ।
बोलपत्र फाराम बिक्री प्रबन्धक Global IME Capital Limited, नक्सालबाट प्राप्त गर्न सकिनेछ। साथै ग्लोबल आइएमई बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी तथा महेन्द्रनगर शाखा कार्यालयबाट पनि फाराम प्राप्त तथा बुझाउन सकिने कम्पनीले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता