किरात राई चाम्लिङ दोबालिछा इतिहास र वंशावली नामक पुस्तक सार्वजनिक

काठमाडाैँ - किरात राई चाम्लिङ दोबालिछाहरू कसरी दोबालीछा हुन गयो भन्ने विषयमा “किरात राई चाम्लिङ दोबालिछा इतिहास र वंशावली” नामक पुस्तक सार्वजनिक भएको छ।

माघ १३ गते शनिबार सुम्निमा हल किराया कोटेश्वरमा प्रमुख अतिथि किरात राई, योक्खा प्रज्ञापरिषदका कुलपति जय कुमार राई र संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय अध्यक्ष आनन्द दोबाली द्वारा ऐतिहासिक पुस्तक विमोचन  सम्पन्न गरिएको थियो । यस्तै केन्द्र बिशेष अतिथि  किराया कलाकार संघ केन्द्रीय अध्यक्ष तथा किरात राई चाम्लिङ् खाम्बातिम प्रज्ञा प्रठिष्ठान सदस्य शालिक  सातासक  र खाम्बातिम संघिय कार्यसमित सल्लाहकार तथा समाज सेवी मनि कुमार राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तिर्थ राज भट्टराई, चाम्लिङ्ग दोबालिछा समाज बेलायतका अध्यक्ष राज राई ,नेपालका अध्यक्ष जित कुमार राई ,महासचिव राजेनद्र राई, र अन्तर्राष्ट्रिय सचिव जिबन कुमार राई, एनबि राई, जेबि चाम्लिङ,आदि उपस्थित रहनु भएको थियो ।

सो पुस्तकमा किरात राई चाम्लिङहरुको इतिहास, सभ्यता लगायत सरोकारका विषयहरूको खोज, अध्ययन, अनुसन्धान गरी भावी पुस्ताका लागि कहाँ, कसरी, कहिले, किन र कुन अवस्थमा गुजीरहेका छौ भन्ने कुरा इतिहास र वंशावली प्रकाशनमा महत्त्वपूर्ण भूमिका रहेको छ । 


प्रतिक्रिया