५० जना प्रदर्शनकारी माइतीघरबाट प्रहरी नियन्त्रणमा

काठमाडौं,  — स्थानीय प्रशासनको अनुमति बिना माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका जेनजी युनाइटेड (GenZ United) का ५० जना सदस्यलाई नेपाल प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएको छ।


जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार प्रशासनिक अनुमति नलिई प्रदर्शन गर्न खोजिएको र अन्य समूहहरूसँग सम्भावित मुठभेडको जोखिम देखिएकाले उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा परेकामध्ये २४ महिला र २६ पुरुष रहेका छन्।


प्रहरीले प्रदर्शनकारीहरूको सुरक्षाको जिम्मेवारीका कारण पनि सो कदम उठाइएको जनाएको छ।


तर, जेनजी युनाइटेड का अगुवा मदन कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा अनुमति माग्दा नदिइएको र प्रहरीको नियन्त्रण “लोकतान्त्रिक मूल्य र स्वतन्त्र अभिव्यक्तिको हनन” भएको टिप्पणी गरेका छन्।


माइतीघर मण्डला राजधानीको प्रमुख विरोध प्रदर्शन स्थल मानिन्छ, जहाँ प्रदर्शन गर्न पूर्व–अनुमति लिनु पर्ने प्रशासनिक व्यवस्था छ।

प्रतिक्रिया