काठमाडौं, सोमबार – साताको पहिलो कारोबार दिन सेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचक १० अंकले घट्दै २७०४ बिन्दुमा पुगेर रोकिएको छ।
आज ९९ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ। सेयर मूल्य वृद्धिको सूचीमा ८५ कम्पनी परेका छन् भने १४५ कम्पनीको सेयर मूल्य घटेको छ। यसदिन १३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
कारोबारको आधारमा हिमालय रि इन्सुरेन्स, नेपाल रि इन्सुरेन्स, र महालक्ष्मी बैंक अग्रस्थानमा रहे। यसैगरी, राप्ती हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.८६ प्रतिशतले वृद्धि भएको छ।
क्षेत्रगत परिसूचक हेर्दा बैंकिङ ०.२१, विकास बैंक ०.९२, हाइड्रोपावर ०.२३, जीवन बीमा ०.५१, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.०२ र अन्य समूह ०.५६ प्रतिशतले घटेका छन्। भने, उत्पादन तथा प्रशोधन ०.४४, लगानी ०.१८, होटल तथा पर्यटन ०.१८ र फाइनान्स समूह ०.१२ प्रतिशतले वृद्धि भएका छन्।
लगातारको उतार-चढ़ावले सेयर बजारमा अनिश्चितता देखिएको छ। लगानीकर्ताहरू सतर्क रहनु पर्ने विश्लेषकहरूको सुझाव छ।
(Aama Darshan News)
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आर्थिक न्यूज़