समाजसेवा र राजनीति दुवै क्षेत्रमा अटुट समर्पणका साथ कदम मिलाउँदै, सरस्वती रिजाल खड्का अहिलेको परिवेशमा कीर्तिपुर मात्र होईन्, समग्र नेपालको महिला नेतृत्वको प्रेरणादायी परिचय बन्दै गएकी छिन् । नामको वर्णन र त्यसको तात्पर्यलाई ज्ञान, शिक्षा र विद्यालाई साहस, वीरता एवम् रक्षक स्वरुपकी देवी शैलेश्वरी जसलाई पहाड झै अटल मान्न सकिन्छ भने सत्ता र शक्ति, घमण्डको लागि होईन् बुझ्नुहुने सरल स्वभावकी धनी छवि मान्न सकिन्छ ।
वि.सं. २०३८ साल जेठ १० गते रसुवा जिल्ला, कालिका गाउँपालिकामा जन्मिएकी उनी, मेहनत, लगन र संघर्षको बलमा आफूलाई समाज परिवर्तनको अग्रपंक्तिमा उभ्याउन सफल छिन् व। हाल कीर्तिपुर नगरपालिका–४ की स्थायी बासिन्दा, उनी विवाहपछि श्रीमान् राधाकृष्ण खड्कासँगको साथ र समर्थनलाई समाज र राष्ट्रको सेवामा जोडेर अघि बढिरहेकी छिन् ।
आमा श्रीमती युवकुमारी रिजाल र बुबा श्री इन्द्र प्रसाद रिजालको शिक्षादान र संस्कारले आफुलाई दृढ र दूरदर्शी बनाएको स्विकार गर्नुहुन्छ । दाजु श्री युवराज रिजाल र भाइ श्री केशव रिजाल अनि दिदीबहिनीहरु पार्वती रिजाल, भगवती रिजाल र जमुना रिजालको साथ र मायाले उनको यात्रा अझ सशक्त बनेकोमा दुईमत छैन् भन्ने कुरा पनि ढुङ्गाको कोरेको कुनै लकिर झै बुझ्नुहुन्छ । आफ्नो आँगनको फूलबारी छोरा रोनिक खड्का र अधिवक्ता छोरी सुश्री रसीला खड्का फुलिरहनु जीवनको प्रेरणा र ऊर्जा स्रोत हुन् समाजलाई सुनाउन उहाँ मुस्कुराउनु हुन्छ ।
उहाँले समाजशास्त्रमा स्नातकसम्मको अध्ययनले आफुलाई सुसज्जित बनाउनु भएको छ । ज्ञान र व्यवहारलाई जोडेर समाजका आवश्यकता बुझ्ने तथा समाधान खोज्ने कार्यमा सदैव सक्रिय छिन् । सामाजिक कार्यलाई जीवनको मुख्य पेसा बनाउँदै, उनले समुदायको मुटुमा बसेर सेवाभावसहित काम गर्दै आएकी छिन् । आफुको संलग्नता यस प्रकारका छन् :
राजनीतिक एवं सामाजिक संलग्नता ।
नेकपा एमाले शहरी विकास विभाग केन्द्रीय सदस्य ।
सामुदायिक बन उपभोक्ता महासंघ नेपाल केन्द्रीय सदस्य ।
कीर्तिपुर नगरपालिकाका निवर्तमान उपप्रमुख जसको परिचय दिन आवश्यक त छैन् कतै समाजले बिर्सिईयो भनी पुन: स्मरण गराउन आवश्यक ठानेको छु ।
राजनीति केवल सत्तासम्म सीमित भई रहने दृष्टिले हेर्न उहाँ चाहनुहुन्न । पदलाई आफ्नो प्रस्तुती या भनौं लुकेको प्रतिभा समाजमा समर्पित गर्ने क्षणिक समयको गहिरो असर छोड्ने कार्य मान्नुहुन्छ । जसको मर्यादा स्वरुप आफु बढ्नु एवम् सबैलाई अवसर दिन साथ सहयोग गर्नु आफ्नो कर्तव्य सोच्नुहुन्छ । त्यसलाई देश, जनता र कुटनीतिक सम्बन्धको संवाहक मान्छिन् । राजनीतिबिना विकास, निर्माण र सामाजिक परिवर्तन असम्भव छ बुझेरै सिद्धान्तलाई व्यवहारमा उतार्ने कोशिशमा उहाँ तत्पर हुनुहुन्छ । समाजमा विद्यमान विकृति न्यूनिकरण गर्दै सकारात्मक परिवर्तन ल्याउने लक्ष्यका साथ निरन्तर सक्रिय छिन् ।
अन्तमा, उहाँ आफ्नो प्रत्येक काममा जनतालाई केन्द्रमा राख्ने सिद्धान्तमा अडिग छिन् । खुशी र दुःखका मीठातीता अनुभवले उनलाई अझ परिपक्व बनाएको छ। उनका अनुसार, “असम्भव भन्ने शब्दको कुनै अर्थ छैन, यदि दृष्टिकोण सकारात्मक छ भने।” एक असल नेतृ, एक असल मानव हुनुका साथै पद वा परिचयको कारणले मात्र प्रशंसा बटुल्न हुन्न सोच्नुहुन्छ । उहाँको सेवाभाव, संघर्षशीलता, दृढता र हरेक जनताको लागि खुलेको मनले उहाँलाई असाधारण व्यक्तित्व बनाएको हो । उहाँ नेतृत्व मात्र गर्दिनन्, प्रेरणा दिन्छिन्; आदेश मात्र दिँदैनन्, आफैं उदाहरण प्रस्तुत गर्छिन् । समाजले यस्तै व्यक्तिहरुको चाह र त्यसको प्रयोजन खोजिरहेको छ भने समाजले बिर्सिने दुष्प्रयास गर्ने छैन् भन्ने आशा लिएको छु । र निरन्तर समाजमै समर्पित हुनुहुनेछ भन्ने कामना पनि गरेको छु । जीवनलाई उहाँ यसरी बुझ्नुहुन्छ : अहम् गर्न होईन् आफ्नो आफन्त एवम् समग्र रुपमा मानव जातिले गर्व गर्न लायकको काम गर्न हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर