अमेरिका र कोलम्बियाबीच व्यापार र आप्रवासी विवाद: नयाँ प्रतिबन्ध र करको घोषणा

वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकी देश कोलम्बियामाथि थप २५ प्रतिशत कर र विभिन्न प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। ट्रम्प प्रशासनको यो निर्णय कोलम्बियाको आप्रवासीसम्बन्धी नीतिप्रति असन्तुष्टिको प्रतिक्रिया स्वरूप आएको हो।

कोलम्बियाले हालै अमेरिकी सैन्य विमानमार्फत आप्रवासी फिर्ता पठाउने कामलाई रोक्ने निर्णय गरेको थियो। यस कदमलाई आपत्तिजनक ठहर गर्दै ट्रम्पले आफ्नो प्रशासनलाई कोलम्बियाविरुद्ध कडा कदम चाल्न निर्देशन दिएका छन्।

यस विवादमा कोलम्बियाले पनि आफ्नो पक्षलाई मजबुत बनाउँदै अमेरिकाबाट आयात हुने वस्तुमा समान कर लगाउने घोषणा गरेको छ। कोलम्बियाका राष्ट्रपतिले अमेरिकाबाट फिर्ता पठाइएका नागरिकलाई "अपराधीको रूपमा व्यवहार गरेको" भन्दै विरोध जनाएका छन्। उनले देशका नागरिकलाई उचित सम्मान दिने र फिर्ता पठाइएका व्यक्तिहरूलाई स्वागत गर्ने प्रतिवद्धता जनाएका छन्।

यसले दुई देशबीचको व्यापार सम्बन्ध र कूटनीतिक सम्बन्धमा तनाव सिर्जना गर्ने संकेत देखिएको छ। विज्ञहरूले यो विवाद समाधानका लागि कूटनीतिक पहल आवश्यक भएको सुझाव दिएका छन्।

प्रतिक्रिया