वि.सं. जन्ममिति: २०३९ साल, कात्तिक १९ गतेआमा शान्ति महर्जनको कोखबाट बुबा: स्व. नबिन कुमार महर्जनको आँगनमा अंशको रुपमा नभई वंशज बन्न आउनु भएको हो । उहाँको जीवनलाई सहज र सफल बनाउन सबिता महर्जन ज्युमा समर्पित हुनु भएको छ । सविता महर्जन उहीँ हुन् जस्ले भुवन महर्जन ज्युलाई संगीत क्षेत्रमा लाग्न उत्प्रेरित गर्दै त्यसको एक सर्जक हुने अवसर दिलाउन भएको थियो । आफ्नो आँगनमा फक्रीदै गरेको रोमियो महर्जनलाई सभ्यसंस्कार अर्पण गर्दै मौलाउने मौका र अवसर दिदै आउनु भएको छ । कीर्तिपुर-०२, देवढोकाबाट सृष्टि अवलोकन अध्ययन र त्यसको उपयोग गर्दै आउनु भएको छ ।
उहाँले आफुलाई प्रविणता प्रमाणपत्र तहसम्मको शिक्षाले दिक्षित गर्दै पेशा स्वरुप रेष्टुरेन्ट व्यवसायमा आवद्ध हुँदै आउनु छ । आफ्नो शिक्षादीक्षा एवम् अनुभव इन्द्रायणी परिवार क्लबमा समर्पित गर्दै सामाजिक कार्यमा पनि अग्रसर हुँदै आउनु भएको छ । इतिहास सुन्ने, पुराना सम्पदा हेर्ने र अध्ययन गर्ने आदि अन्य अन्वेषणका कार्यमा आफ्नो प्रगाढ रुचि रहेको बताउनु भएको छ ।
राजनीति जनताको सेवा गर्नुको सट्टा, सत्तामा पुगेपछि जे गरे पनि हुने मनोवृत्तिको दासत्व बन्दै गएको छ । यो दृष्टिकोणले उहाँको समाजप्रतिको जिम्मेवारी र आलोचनात्मक चेतनालाई देखाउँछ। खबरदारीलाई जिम्मेवारी मान्नुहुन्छ ।
भुवन महर्जन बहुप्रतिभाशाली सर्जक, गीतकार तथा संगीतकार हुनुहुन्छ । उहाँका गीतहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जितेका छन् । उहाँले संगीत मार्फत संस्कृति, भाषा र भावनालाई सशक्त रूपमा अभिव्यक्त गर्नुभएको छ । उहाँका प्रमुख गीतहरू:
१. मचा छम्ह चिधी – गायक/गीतकार/संगीत: भुवन महर्जन
२. यो माँ – गायक: आरोन महर्जन, संगीत/गीत: भुवन महर्जन
Page 3 Award 2021
Best Vocal: Aaron Maharjan
Best Music: Bhuwan Maharjan
३. व मनू सु मनू– गायक: राजेन्द्र डंगोल, गीत/संगीत: भुवन महर्जन
2nd Nepal Bhasa Star Music Video Award 2022
Best Music: Bhuwan Maharjan
Best Vocal: Rajendra Dangol
Best Artist: Laxmi Kumar Maharjan
Best Director: Rajin Maharjan
Best Colourist: Sanjiv Ratna Shakya
International Award (Dubai & Malaysia): Best Artist - Laxmi Kumar Maharjan
यी गीतहरुले भुवन महर्जनलाई सांगीतिक उद्योगमा स्थापित हुन मद्दत गरेका छन् ।
४. सुस्तरी – गायक: आरोन महर्जन, गीत/संगीत: भुवन महर्जन
५. छंगु ई – गायक/गीत/संगीत: भुवन महर्जन
६. तिम्रो स्पर्श – गायक/गीत: भुवन महर्जन, संगीत: भुवन महर्जन/प्रिजोल नेपाली
७. James Song – संगीत संयोजक: भुवन महर्जन
अन्य दुई नयाँ गीतहरू निर्माण प्रक्रियामा छन् ।
भुवन महर्जन खेलकुदमा पनि उत्तिकै सक्रिय र सफल व्यक्ति हुनुहुन्छ । विशेषत भलिबल र ब्याडमिन्टनमा उहाँको उल्लेखनीय सफलता छ । क्लब, विद्यालय र कलेज स्तरमा आफुलाई प्रथम श्रेणी राख्दै उत्कृष्ट खेलाडी बन्न सफल हुँदै आउनु भएको छ । ई.सं. २००६ मा हङकङमा आयोजना गरिएको नेपाली समुदायको प्रतियोगितामा पनि आफुलाई उत्कृष्ट श्रेणीकै खेलाडी स्वरुप घोषणा गर्न लगाउनु देशकै गर्व मान्नुपर्छ ।
AIMS Artist Futsal 2022 मा पनि प्रथम स्थान र उत्कृष्ट खेलाडीकै प्रस्तुत गर्न सक्नु युवामाथि समाजले विश्वास गर्न सक्ने वातावरण सृजना हुँदैछ भन्नेतिर ढुक्क्ले सास फेर्न सकिन्छ । युवाशक्तिले गरे के हुन्न भन्ने चरितार्थको रुपमा भुवन महर्जनलाई बुझ्न सकिन्छ । उहाँले २०८१ गाईजात्रा तथा आमा होलि कप -२०८१ मा तेस्रो स्थान हासिल गरेका थिए । उहाँको उद्देश्य नयाँ पुस्ताका प्रतिभाहरूलाई खेलकुद र संगीत क्षेत्रमा अवसर प्रदान गर्नु रहेको छ । उहाँ नवप्रतिभाको विकासमा विश्वास राख्नुहुन्छ र त्यसका लागि निरन्तर लागी रहनुभएको छ ।
संगीतले धेरै कुराहरू गर्न सक्छन् । यो केवल मनोरञ्जनको साधन मात्र होईन् । मानव जीवनका धेरै पक्षमा यसको गहिरो प्रभाव र उपयोग हुन्छन् । संगीत मानिसको अन्तरआत्मा र भावना व्यक्त गर्ने माध्यम हो ।
दुःखी हुँदा शान्ति दिन सक्छ
खुशी हुँदा उत्साह बढाउँछ
संगीतद्वारा प्रेम, देशभक्ति, आशा, पीडा आदि भावनाहरू सजिलै व्यक्त गर्न सकिन्छन् । मानसिक स्वास्थ्यमा सहयोग पुर्याउन संगीतको सहायताले तनाव घटाउने काम पनि गर्न सकिन्छ । डिप्रेसन कम गर्न सहयोग पुर्याउँछ । सकारात्मक सोच विकसित गराउँछ । "Music Therapy" ले मानसिक समस्याहरूको उपचारमा मद्दत गर्छ । निद्रामा सुधार ल्याउन मन्द स्वर वा शान्त संगीतले अनिद्राको समस्या समाधान गर्न सक्छ । ध्यान वा योग गर्दा प्रयोग हुने संगीतले मन शान्त बनाउँछ । सिकाइमा सहायता, बालबालिकालाई वर्णमाला, गणित, भाषा आदि सिकाउन संगीत प्रयोग गरिन्छ । संगीतले स्मरणशक्ति सुधार गर्न सहयोग गर्छ । सामाजिक र साँस्कृतिक एकता बढाउन संगीतले समुदायलाई जोड्छ । जाति, धर्म, भाषा भिन्न भएपनि संगीतले सबैलाई एउटै लयमा ल्याउँछ । साँस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा संगीतको ठुलो भूमिका हुन्छ । खेलाडीहरू, विद्यार्थीहरू वा काम गर्ने व्यक्तिहरूले प्रेरणादायी संगीत सुनेर आफ्नो मनोबल बढाउँछन् जिममा, यात्रा गर्दा, काम गर्दा संगीतले उर्जा दिन्छ । सामाजिक, राजनीतिक वा वातावरणीय सन्देशहरू गीत मार्फत प्रभावकारी ढंगले दिन सकिन्छ जस्तै: महिला हिंसा विरुद्ध गीत, शिक्षा अभियान गीत आदि चलाउन सकिन्छ । भुवन महर्जन संगीतमा समर्पण हुनुको मुख्य आकर्षक पाटो यी हुन् । यसमा जीवन अर्पण गर्नु पाउनु आफुलाई भाग्यमानी ठान्नुहुन्छ । आफ्नो जीवन संगीत मार्फत सन्देश दिन नै हो भनी प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
अन्तमा, कोशिश र प्रयासबाट संघर्ष सफल हुने कुरामा विश्वस्त भुवन महर्जन कीर्तिपुरको एक गहना बन्दै हुनुहुन्छ । आफु सीप समाजमा समर्पित गर्दै जन्मस्थानको ऋण तिर्ने उद्देश्य र युवाहरु अवसर अनि हौसला दिने कार्यमा व्यस्त देख्दा साथ सहयोग सबैले क्षेत्र गर्दै हुर्काउनु पर्छ । समाजले यी यस्ता अनेकन जिवन्त सम्पदाहरुको अभिलेखिकरण गर्नु नितान्त आवश्यक छ । युवामा पनि युवा देखिने हुने मिलनसार हसमुख संगीत ज्ञाता भुवन महर्जन कीर्तिपुर लगायत देशकै गर्वको रुपमा अनुशरण गर्दै संरक्षण एवम् प्रवर्द्धन स्थानीय वा राज्य सरकारले गर्नुपर्छ । युवाको प्रेरणा बन्नु हुनेछ भन्ने शुभकामना पनि छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर