काठमाडौँ नागार्जुन नगरपालिका ६ इचाडोल निवासी राष्ट्रिय मूर्तिकार स्वर्गीय बालकृष्ण तुलाघरको ९२ वर्षको उमेरमा असामयिक निधन भएको छ। उहाँको मङ्सिर २४ गते निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
मिति १९९२ मां जन्मिनुभएको थियो। भने स्वर्गरोहण २०८२/८/२४ मा भएको थियो
स्वर्गीय तुलाघर नागार्जुन नगरपालिका वडा ६ इचाडोल निवासी महेश तुलाघरको पूजनीय पिता हुनुहुन्छ।
उहाँको निधनले परिवार मात्र नभई सम्पूर्ण समाजमा क्षति पुगेको स्थानीयवासीले बताएका छन्
कला संस्कृति र सामाजिक सेवामा लामो समय आफ्नो मूर्तिकला मार्फत योगदान पुर्याउनु भएको तुलाघले विशेषगरी काठमाडौँ टुडिखेलमा रहेको सहिद गेटमा बनाएको सालिक मार्फत आफ्नो कलात्मक छाप देखाएर पहिचान देखाउनु भएको थियो। उहाँ एक राष्ट्रिय मूर्तिकार हुनुहुन्थ्यो।
पचली भैरव मन्दिर तथा सामुदायिक भवन समितिका अध्यक्ष तथा सामाजिक अभियान्ता श्री केशव श्रेष्ठले आज छैठौँ दिनमा निवासमै पुगेर आत्माको चिर शान्ति कामना गर्नुको साथै यस दुखद घडीमा शोक सन्त परिवारलाई धैर्य धारणा गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको छ
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय