नेप्से परिसूचक चार कारोबार दिनको वृद्धिपछि घट्यो नेप्से.

आइतबार

नेप्से परिसूचक १०.५० अंक घटेर २०८५.८२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत साताको बिहीबार ३ अर्ब २१ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३०५ स्टकको ८३ हजार ८७७ पटकको कारोबारमा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।


यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समाज लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य ६.७१ प्रतिशत बढेको छ। कारोबारमा आएको एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन युनिलिभर नेपाल र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।



कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६२ करोड ४७ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।


१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.८८ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ।

 साभार :- मेरो लगानी

प्रतिक्रिया