महेश बस्नेतको चुनौती : “मलाई समातेर देखाउनुस्, विधिको पक्षमा लड्न तयार छु



काठमाडौं — नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्।


एक महिलाले दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोमा बयान दिएपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा बस्नेतले सरकारलाई चेतावनी दिँदै भने, “मलाई समातेर देखाउनुस्।”


बस्नेतले अब “डिजिटल फोर्स” गठन गरी जेन–जी आन्दोलनका नाममा भएका आगजनी, लुटपाट र हत्या घटनाको खोजीका लागि सरकारसँग र प्रहरीमा जाहेरी दिने घोषणा गरे।


उनले भने, “विधि र लोकतन्त्रको पक्षमा लड्नेहरू देश र जनताको हितका लागि जेल जान पनि तयार छन्। तर कसैले लगाएको निराधार आरोप सह्य हुँदैन। जेन–जी सरकारले आगजनी, लुटपाट र हत्या संलग्नहरूलाई कारबाहीको दायरामा ल्याओस्।”


त्यसैगरी, बस्नेतले सरकारले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि शंका उत्पन्न हुने गतिविधि गरिरहेको टिप्पणी गरे।









🕒 प्रकाशन मिति: २०८२ असोज २२ गते, बुधबार

✍️ पत्रकार: सुर्य राय | Aama Darshan News

प्रतिक्रिया