सिन्धुलीको फिक्कल गाउँपालिकाले बाघ र चितुवाको आतंकबाट आफू र पशुचौपाए जोगाउन फिक्कल बासिलाई अनुरोध गरेको छगाउँपालिकाले पालिकाको सबै वडाबासिलाई आफुर आफ्ना घरमा भएका पशुचौपाए जोगाउन एक सूचना जारीगर्दै जानकारी दिएको हो
गत बर्ष जस्तै यस बर्षमा पनि चितुवा र बाघले कृषकहरुको पशुचौपाए घाइते पार्ने,खाने मार्ने गरि ठुलो हानी नोक्सानी पुर्याईरहेओ हुदा गाउँपालिकाले सबै वडा बासीहरुलाई चौपायाहरु छाडा जंगलमा नछोडी आफ्नो जन धनको क्षेती हुन बाट जोगिन र जोगाउन फिक्कल गाउँपालिकाबासिलाई अनुरोध गरेको छ।
बाघ र चितुवा बाट जोगिन गाउँपालिकाले जारी गरेको सुचानामा पशु चौपायालाई बलियो संग घर गोठमा राख्न ,घर गोठ आसपास झाडी सरसफाइ गर्न बच्चा र वृद्धको विशेष ख्याल र रेखदेख गर्न ,चरिचरनमा
पशुचौपाया लादा छाडा नछाडन , साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन , साँझ र बिहानको झिसमिसे उज्यालो सतर्कता अपनाउन ,जंगल फडानी गरेर बस्ती बसाल्ने,जंगली जनावरको शिकार गर्ने र आगालागी गर्ने जस्ता कारणले गर्दा मानव र वन्यजन्तुबिच द्वन्द सिर्जना हुने हुदाँ यस्ता कार्य नगर्न र नगराउन पनि गाउँपालिकाले पालिकाबासिलाई अनुरोध गरेको छ।
सिन्धुली सम्वादाता ;-गन्गा बिसुन्के