भद्रपुर विमानस्थलमा अवतरणका क्रममा जहाज रनवेबाट बाहिरियो, सबै यात्रु सुरक्षित


काठमाडौँ: काठमाडौँबाट भद्रपुरका लागि उडेको उडान संख्या ९०१ को जहाज (दर्ता नम्बर 9N-AMF) भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट बाहिरिएको छ। सो जहाजमा ५१ जना यात्रु सवार थिए।


घटनाका क्रममा जहाजमा रहेका ४ जना चालक दलका सदस्यसहित सबै यात्रु पूर्ण रूपमा सुरक्षित रहेका छन्। हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

घटनापछि आवश्यक प्राविधिक जाँच तथा सहयोगका लागि काठमाडौँबाट टेक्निकल तथा राहत टोली अर्को जहाजमार्फत भद्रपुर पठाउने तयारी भइरहेको छ।

सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान तथा आवश्यक सुरक्षा प्रक्रिया अघि बढाएको जनाएका छन्।

प्रतिक्रिया