अझ हेर्नु नभ्याउनेमा…” — रवि लामिछानेविरुद्धको ठगी मुद्दामा उच्च अदालतमा


पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको बहुचर्चित सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा उच्च अदालत पोखरामा बिहीबार (जेठ १०) बाट सरकारी वकिलको बहस सुरु भएको छ।


उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासमा खाजा पछि सुरु भएको सुनुवाइमा उपन्यायाधिवक्ता दशरथ पंगेनीले सरकारी पक्षबाट बहस गरेका हुन्।


मुद्दा ‘हेर्दा हेर्दै’ मा राखिएको छ भने जेठ १२ गते पुनः सरकारी वकिलको बहस हुने जनाइएको छ।


सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, रामबहादुर खनाल, लीला पछाई, आरती गुरुङ र पूर्वप्रदेश सांसद मीना गुरुङ जोडिएका छन्। जिल्ला अदालत कास्कीले उनीहरूलाई धरौटीमा रिहा गरेपछि सरकारी वकिल उच्च अदालत गएका हुन्।


लामिछाने यसअघि ६५ लाख धरौटी बुझाएर ८४ दिनपछि छुटेका थिए। तर, अहिले सुप्रिम सहकारी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागार चलान भइसकेका छन्। जोशी र खनाल पनि हाल कारागारमै छन्।


उच्च अदालतले अब जिल्लाबाट छुटेका प्रतिवादीलाई थुनामा पठाउने, रिहाइको फैसला सदर गर्ने वा साधारण तारेखमा छोड्ने भन्ने निर्णय गर्न बाँकी छ।


— आमादर्शन न्यूज

प्रतिक्रिया