सिन्धुलीका ५ हजार ३ सय १५ जना विद्यार्थीहरु परीक्षामा सामेल हुने भएका छन। एसइईमा सबै धारका गरि छात्रा २ हजार ८ सय १५ र छात्र २ हजार ५ सय परीक्षामा सहभागी भएका हुन।
परीक्षामा सिन्धुली जिल्लाबाट नियमित साधारणतर्फका ५ हजार १ सय ४६ जना, प्राविधिक तर्फका १ सय ६९ जना र ग्रेड वृद्धि तर्फका २६ जना परिक्षार्थीले एसईई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका सुचना अधिकृत दुर्गा बहादुर भुजेलले जानकारी दिनुभयो। सामुदायिक विद्यालयबाट ४ हजार ७ सय ५६ जना विद्यार्थी एसईईमा सामेल भएका छन ।
सामुदायिक विद्यालयतर्फ २ हजार ५ सय ८० जना छात्रा र २ हजार १ सय ७६ जना छात्र परीक्षामा सामेल छन । त्यस्तै संस्थागत विद्यालयतर्फबाट ३ सय २४ जना छात्र र २ सय ३५ जना छात्रा गरि ५ सय ५९ विद्यार्थीले परीक्षा दिन सुरु गरेका भुजेलले जानकारी दिनुभयो। एसईईका लागि जिल्लाभर २५ वटा परीक्षा केन्द्र रहेका छन । भुजेलका अनुसार कमलामाई नगरपालिकामा ६ वटा, दुधौली नगरपालिकामा ५ वटा, तिनपाटन गाउँपालिकामा ३ वटा, फिक्कल गाउँपालिकामा २ वटा परीक्षा केन्द्रमा परीक्षा चलिरहेको छ ।
त्यसैगरी गोलन्जोर गाउँपालिकामा २ वटा, सुनकोशी गाउँपालिकामा २ वटा घ्याङ्लेख गाउँपालिकामा १ वटा, हरिहरपुरगढी गाउँपालिकामा २ वटा र मरिण गाउँपालिकामा २ वटा परीक्षा केन्द्र तोकिएको छ ।