वीरगञ्ज, पर्सा — पर्सा जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले महामारीका बेला स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यकबाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएका स्वास्थ्य संस्थामा खटाउन सकिने व्यवस्था गर्ने निष्कर्ष निकालेको हो।
बैठकमा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधन प्रसाद सिंह पनि सहभागी थिए। बैठकपछि निमित्त प्रजिअ कार्कीले झाडापखाला र हैजा नियन्त्रणका लागि आवश्यक सामग्री व्यवस्थापन गरी माइकिङ, घरदैलो कार्यक्रम र सचेतना अभियान तत्कालै सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए।
यस्तै, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने थप जनशक्ति तथा स्रोत साधनलाई ‘पुल’ खडा गरी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिमार्फत वितरण, व्यवस्थापन तथा अनुगमन गर्ने निर्णय पनि बैठकले गरेको छ।
फैलिरहेको महामारीको ‘स्रोत पहिचान’ सम्बन्धित स्थानीय तहले गर्ने र सोका लागि आवश्यक प्राविधिक सहयोग प्रदेश तथा संघीय स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने सहमति बैठकले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय