काठमाडौं, – भारतको उडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव आज नेपाल ल्याउने तयारी गरिएको छ।
शव नेपाल ल्याउन भारतीय प्रशासन, सुरक्षाकर्मी, कलेज प्रशासन तथा नेपाल सरकारका अधिकारीहरूको समन्वय भइरहेको पारिवारिक स्रोतले जनाएको छ। भारतस्थित नेपाली दूतावासको पहलमा प्रकृतिको शव आज साँझसम्म नेपाल ल्याइपुर्याइने छ।
प्रकृतिको मृत्यु शंकास्पद, उच्चस्तरीय छानबिन समिति गठन
गत आइतबार २० वर्षीया प्रकृति लम्साल आफ्नो होस्टलको कोठामा मृत फेला परेकी थिइन्। उनको मृत्यु शंकास्पद भएकाले घटनाको सत्यतथ्य पत्ता लगाउन ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
प्रकृतिको निधनप्रति विद्यार्थीहरू आक्रोशित भएका छन्। उनीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध प्रदर्शन गरेपछि प्रशासनले केही कर्मचारीलाई बर्खास्त र केहीलाई निलम्बन गरेको छ। नेपाली विद्यार्थीलाई धम्क्याएको आरोप लागेकी विश्वविद्यालयकी प्राध्यापक मन्जुशा पाण्डेले सार्वजनिक रूपमा माफी मागेकी छन्।
प्रकृतिलाई ब्ल्याकमेल गर्ने अभियुक्त पक्राउ
प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरी न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। घटनाले भारत र नेपालमा चासो बढाएको छ भने ओडिसाको विधानसभामा समेत यो मुद्दा उठेको छ।
प्रकृतिका परिवारले निष्पक्ष छानबिन गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
Admin