भर्खरै खुर्कोटमा सवारी दुर्घटना, मोटरसाइकल चालक घाइते

खुर्कोट, सिन्धुली | Aama Darshan News

आज दिउँसो सिन्धुलीको खुर्कोट नजिकै एक यात्रुबाहक सवारी साधन र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन्। तीव्र गतिमा रहेको दुवै सवारी साधनको ठक्करपछि मोटरसाइकल चालक सडकमा लडेका थिए।


घाइतेलाई तत्कालै उद्धार गरी नजिकैको सुनकोसी सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको छ। अस्पताल स्रोतका अनुसार चालकको अवस्था सामान्य रहेको र हाल आवश्यक उपचार भइरहेको छ।


दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।


- Aama Darshan News

प्रतिक्रिया