काठमाडौं, असोज १२ – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। असोज १२ गते बसेको संचालक समितिको बैठकले वर्तमान चुक्ता पुँजीबाट १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लघुवित्तले हाल कायम १ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पुँजीको आधारमा १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि मात्र यो लाभांश लगानीकर्तामा वितरण गरिनेछ।
१३ असोज २०८१, आईतबार ०९:४३ मा प्रकाशित