७ पुस २०८२, सोमबार ०५:०१ मा प्रकाशित
आमा दर्शन न्युज डेस्क
गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासस्थित बसपार्क नजिकै रहेको सुजता अटो वर्कसपमा सोमबार अपराह्न विद्युत ‘सर्ट’ हुँदा आगलागी भएको छ।
आगलागीबाट वर्कसपभित्र रहेका मेसिन, पार्टपुर्जा, मोटरसाइकल तथा अन्य सामग्री जलेर नष्ट हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ भने आगलागीको विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको बताइएको छ।