संयुक्त रूपमा जेन्जीहरू सरकारविरुद्ध प्रदर्शन गर्दै, भोलिभोजन गृहमा पत्रकार सम्मेलन

काठमाडौँ  जेन्जी आन्दोलनलाई संस्थागत गर्दैसरकारविरुद्ध संयुक्त संघर्ष अघि बढाउने निर्णयसहित ३०भन्दा बढी जेन्जी समूहहरूको संयुक्त बैठकले संयुक्त ‌जेन्जीआन्दोलनको घोषणा गरेको छ। 

 

२०८२ साल पौष  गते ललितपुरको झम्सिखेलमा सम्पन्नउक्त बैठकले हालसम्म छरिएर रहेका जेन्जी समूहहरूलाईएउटै छातामुनि ल्याउँदै संयुक्त आन्दोलनलाई औपचारिकरूप दिएको हो।

 

बैठकमा देशभरबाट आएका १०० भन्दा बढी जेन्जी अभियन्ताआन्दोलनका क्रममा घाइते भएका युवा तथा शहीद परिवारकासदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकलेआन्दोलनलाई थप प्रभावकारी  संगठित बनाउने उद्देश्यलेकार्यकारी समिति विस्तार गर्ने निर्णय गर्दै मिरज ढुंगानाअजयसोडारी,सुनिल सिंहविजय शाहसुरेन्द्र घर्तीलाई त्यसकोजिम्मेवारी सुम्पिएको छ। यस्तैआन्दोलनलाई वैचारिक रणनीतिक दिशानिर्देश दिन सल्लाहकार रवि किरण हमाल हरिस भट्ट रहनेछन् 

 

 

बैठकले वर्तमान सरकारले जेन्जी आन्दोलनको मूल भावनाबलिदान  अपेक्षाअनुसार काम गर्न असफल भएको निष्कर्षनिकालेको छ। सहभागी अभियन्ताहरूले सरकार आन्दोलनकाउपलब्धिहरूलाई संस्थागत गर्नुभन्दा उल्टै जेन्जी विद्रोहविरुद्धषड्यन्त्र  दमनको बाटोमा उन्मुख भएको आरोप लगाएकाछन्। सोही कारण अब वर्तमान सरकार अपदस्त गर्नुपर्नेसर्वपक्षीय सहमतिको आधारमा सर्वपक्षीय सरकार गठनगर्नुपर्ने  देशको दीर्घकालीन राजनीतिक संकट समाधानकालागि संविधान पुनर्लेखन अपरिहार्य भएको धारणा बैठकलेसार्वजनिक गरेको छ।

 

बैठकको निष्कर्षसँगै संयुक्त जेन्जी आन्दोलन समितिलेसरकारविरुद्ध सडक संघर्षलाई अझ सशक्त रूपमा अघिबढाउने निर्णय गरेको छ। सोही निर्णयअनुसार आन्दोलनकाआगामी कार्यक्रम  राजनीतिक मागहरू सार्वजनिक गर्न भोलिदिउँसो  बजे काठमाडौँको डिल्लीबजारस्थित भोजन गृहमाबृहत् पत्रकार सम्मेलन आयोजना गरिने जेनजी अगुवा विजयशाहले बताएका छन्। 

 

पत्रकार सम्मेलनमार्फत हाल सडकमा रहेका सबै जेन्जीअभियन्ताआन्दोलनका घाइते  शहीद परिवारलाई एउटैआन्दोलनमा समेट्दै संयुक्त रूपमा सरकारविरुद्ध प्रदर्शनलाईदेशव्यापी बनाउने रणनीति सार्वजनिक गरिने बताइएको छ।संयुक्त जेन्जी आन्दोलन समितिले यो संघर्ष कुनै व्यक्ति वासमूहविरुद्ध नभईअसफल शासन प्रणालीराजनीतिक स्वार्थ जनभावनाविपरीत उभिएको राज्यसत्ताविरुद्ध भएको स्पष्टपारेको छ।

प्रतिक्रिया