भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकासँगको व्यापार सम्बन्धलाई सन्तुलनमा ल्याउनका लागि महत्वपूर्ण कदम चाल्ने तयारी गरिरहेका छन्। ब्लूमबर्गको एक रिपोर्टअनुसार, मोदी सरकारले अमेरिकी वस्तुमा लगाइएको भन्सार दर घटाउने र अमेरिकाबाट ह्विस्की, स्टिल, र तेल जस्ता उत्पादनको आयात बढाउनेबारे आन्तरिक छलफल सुरु गरेको छ।
अमेरिकाले भारतसँगको व्यापार घाटालाई प्रमुख चिन्ताको रूपमा लिएको छ। आर्थिक वर्ष २०२३-२४ को अन्त्यसम्म भारतसँग अमेरिकाको व्यापार घाटा ३५ अर्ब ३० करोड डलर रहेको थियो। यसलाई सन्तुलनमा ल्याउन राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय वस्तुमा उच्च भन्सार दर लगाउने सम्भावना देखाएका छन्।
ट्रम्पले आफ्नो कार्यकालको सुरुदेखि नै आयातित वस्तुमा भन्सार बढाउने नीति लिएको र व्यापार घाटा भएका देशहरूसँग कडा कदम चाल्ने संकेत दिएका थिए। चीनसँग जारी व्यापार युद्धलाई मध्यनजर गर्दै भारतले अमेरिकासँगको सम्बन्धलाई सुदृढ बनाउन कदम चालिरहेको छ।
मोदी सरकारले अमेरिकाको सन्तोषका लागि झण्डै १८ हजार अवैध भारतीय आप्रवासीलाई फिर्ता लिन तयार रहेको संकेतसमेत दिएको छ। यस रणनीतिले भारत र अमेरिकाबीचको व्यापार सम्बन्ध सुधार्न सहयोग पुर्याउने विश्वास लिइएको छ।
विश्लेषकहरूले भारतको यो कदमलाई कूटनीतिक र आर्थिक सम्बन्ध सुदृढीकरणका लागि महत्त्वपूर्ण मानिरहेका छन्। भारतले यस रणनीतिमार्फत अमेरिका-भारत सम्बन्धमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता