समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ३२.३४ प्रतिशतले घटेको छ

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ३२.३४ प्रतिशतले घटेको छ । संस्थाले गत आव २०८०÷८१को चौथौ त्रैमाससम्ममा ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा भने संस्थाले ७५ लाख ८२ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी ४.७८ प्रतिशतले बढेर २ करोड २ लाख रुपैयाँ पुगेको छ । संस्थाको अन्य सञ्चालन आम्दानी ६० लाख २२ हजार रुपैयाँबराबर रहेको छ ।  

यस्तै संस्थाको सञ्चालन मुनाफा भने २ करोड ३० लाख रुपैयाँ रहेको छ । 

संस्थाको निक्षेप संकलन १४ करोड ४६ लाख रुपैयाँबाट बढेर १६ करोड ५ लाख रुपैयाँ पुगेको छ । संस्थाले कर्जा प्रवाह पनि ३९ करोड ९९ लाख रुपैयाँबाट बढाएर ४४ करोड २७ लाख रुपैयाँ पुर्याएको छ ।  

संस्थाले रिजर्भको आकार भने ३०७९ प्रतिशतले बढाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा ९ लाख ३४ हजार रुपैयाँ रहेको रिजर्भको आकार २ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात ४.८२ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी २२.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२९.९६ रुपैयाँ र तरलता अनुपात ३.६७ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया