हिमाल कार्की : एक परिचय

हिमाल कार्की : एक परिचय 

इतिहास सम्झौताबाट होइन, संघर्षबाट बन्छ  भन्ने मुर्तरुपको ज्ञाता हिमाल कार्की हुन् । जसले राजनीति दलको दास होइन, जनताको आवाज हो भन्ने बुझेको छ । उहाँ  संघर्षको इतिहास, भरोसाको भविष्य बन्ने लक्ष्य सहित आउँदो फाल्गुन २१ गते हुने संघ प्रतिनिधि सभाको चुनावको लागि काठमाडौ क्षेत्र १० बाट मनोनीत हुनुभएको छ । यो उम्मेदवारी मात्र होइन, विचारको पक्षलाई संस्थागत गर्ने संघर्ष पनि हो । सर्वप्रथम त्यसको लागि अग्रीम बधाई छ । उहाँले चुनावलाई अवसर मात्र होइन, गहन जिम्मेवारीको रुपमा बुझ्नुभएको छ ।

२०४६ सालको जनआन्दोलनमा सडकबाट उठेको एउटा निडर स्वरको रुपमा पनि हिमाल कार्कीज्यूलाई मनन गर्न सकिन्छ । प्रजातन्त्रका लागि लाठी र गोलीसँग आँखा जुधाएको सच्चा योद्धाको रुपमा पनि चिन्न सकिन्छ । समयले उहाँलाई केवल नारामा मात्र होइन, सेवामा खारिएको समाजसेवी बनाइएको छ । उहाँलाई, तत्कालीन वडा नं.१२ को २०५४ सालको स्थानीय तहको वडाध्यक्ष बनाई गाउँठाउँ सेवा गर्ने मौका पनि दिइएको थियो । उहाँ सफल हुनुभएको थियो । यस्तै यस्तै अनेक घटनाक्रम र जिम्मेवारीमा सफल हुनुभएकै कारण वि.सं. २०८२ साल २१ गते हुन गईरहेको संघको चुनावमा संघ प्रतिनिधिका रूपमा उभिँदा, उहाँ कुनै आकस्मिक नेताको रुपमा वा अवसरको प्रतिनिधि स्वरुप अवतरण भएको पात्र मात्र होइन लामो संघर्षबाट निख्रिएको भरोसा पनि हुन् सहजै बुझ्नसकिन्छ ।

हिजोको आन्दोलनमा देखिइएको इमान, आजको राजनीतिले खोजेको उत्तरदायित्व र भोलिको लागि राष्ट्रका लागि चाहिने स्पष्ट दृष्टि अनुरुप देखापरेको नाम नै हिमाल कार्की हो । 

अन्तमा, विकास कागजमा होइन, सडक र आँगनमा देखिनुपर्छ भन्ने सोचको धनी हिमाल कार्की आजको आवश्यकता मात्र होइन वैकल्पिक प्रतिबद्धता पनि हो । यो  हिमाल कार्की बोलेको होइन, गरेर देखाउने प्रतिनिधिभित्रबाट उम्लेको रगतको वाफ हो । जनताले एकचोटि संघर्ष र त्यागको योगदानलाई बुझ्नैपर्छ । हिमालझैं अटल विश्वासलाई कार्यन्वयन गराउन विश्वास गर्नैपर्छ भन्ने अपिल उहाँको रहेको छ । उहाँको अपिलको कदर क्षेत्र नं.१० का जनताले सुन्नैपर्छ जस्तो लाग्छ । वि.सं. २०२७ वैशाख ०४ गतेका दिन आमा सुभद्रा कार्कीज्यूको कोखबाट जन्म लिई लोकबहादुर कार्कीज्यूको आँगनमा भिमशिलाझैँ अटल बन्नुभएकै कारण हिमाल हुनुभएको हो । उहाँले वि.सं. २०५० सालमा स्नातक(व्यवस्थापन) गर्नुभएको थियो । एक अटल अमृत बुद धर्तीमा जीवन प्रवाह गर्ने जल, शिखरमा हिमाल अब क्षेत्र नं.१० कै स्वच्छन्दता बन्नेछ । उहाँ विशेष महाधिवेशनबाट वैधानिक प्राप्त नेपाली काँग्रेसका प्रतिनिधि हुन् । 

प्रतिक्रिया